९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका सर्वसाधारणद्वारा हतियार बुझाउन अटेरी

१९ कार्तिक २०७४, आईतवार ०३:०४

कात्तिक १९, बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले आगामी मङ्सिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै हतियार बुझाउन गरेको अनुरोधलाई बैतडीका सर्वसाधारणले अटेरी गरेका छन् । 

चुनावी सुरक्षालाई मध्यनजर गरेर हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ बमोजिम विभिन्न व्यक्तिसँग रहेका इजाजत प्राप्त हातहतियार यही कात्तिक १५ गतेभित्र बुझाउन आग्रह गरिएको थियो । 

प्रशासनले नजिकका प्रहरी एकाई तथा जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउन आग्रह गरे पनि म्याद सकिँदासम्म ९८ जनाले मात्र बुझाएको प्रमुख जिल्ला अधिकारी सिद्घराज जोशीले जानकारी दिनुभयो । बैतडीमा भरुवा बन्दुक, बाह्बोर,बाइसबोर, दुई नाले र एकनाले बन्दुक गरी १ हजार १२९ इजाजत प्राप्त हतियार रहेका छन् । 

हतियार नबुझाउनु निर्वाचन आचारसंहिता विपरित भएकाले नबुझाउने व्यत्तिलाई कानून अनुसार कारवाही गरिने उहाँले बताउनुभयो । हतियार नबुझाउने ब्यक्तिको हतियार जफत गर्ने तथा नवीकरणसमेत नहुने बताइएको छ । हतियार बुझाउन बाँकी रहेका व्यक्तिले छिटोभन्दा छिटो नजिकको प्रहरी कार्यालयमा बुझाउन जिल्ला प्रसासन कार्यालय बैतडीले पुनः आग्रह गरेको छ । 

घरेलु मदिरा वा मदिराजन्य पदार्थको उत्पादन र बिक्री वितरणमा समेत रोक लगाइएको जानकारी गराउँदै सूचनाको अवज्ञा गर्नेलाई कानून अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो