ताराबहादुर महत । कार्तिक १९, दोलखा । नेकपा एमाले र नयाँ शक्ति पार्टी नेपाल दोलखाविच जिल्लास्तरमा पार्टी एकिकरण भएको छ ।

दुई पार्टीद्वारा आज विहान नेकपा एमालेको पार्टी कार्यालय चरिकोटमा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । कार्तिक १९, दोलखा । नेकपा एमाले र नयाँ शक्ति पार्टी नेपाल दोलखाविच जिल्लास्तरमा पार्टी एकिकरण भएको छ ।

दुई पार्टीद्वारा आज विहान नेकपा एमालेको पार्टी कार्यालय चरिकोटमा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा "/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

एमाले र नयाँशक्ति दोलखाविच पार्टी एकिकरण, बलियो बन्दै बाम गठबन्धन

१९ कार्तिक २०७४, आईतवार ०७:२२

ताराबहादुर महत । कार्तिक १९, दोलखा । नेकपा एमाले र नयाँ शक्ति पार्टी नेपाल दोलखाविच जिल्लास्तरमा पार्टी एकिकरण भएको छ ।

दुई पार्टीद्वारा आज विहान नेकपा एमालेको पार्टी कार्यालय चरिकोटमा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य तथा जिल्ला संयोजक रविन्द्र कार्कीले पार्टी एकिकरण भएको घोषणा गर्नु भएको हो । एक्ला एक्लै हिँडेर समृद्ध नेपाल निमार्ण गर्न नसकिने भएकोले बाम एकतालाई मजबुत बनाउन पार्टी एकिकरण गरेको कार्कीले बताउनुभयो । सुखी नेपाली र समृद्ध नेपाल बनाउनका लागि भावी सरकार बामपन्थीहरुको नेतृत्वमा बन्नु अपरिहार्य रहेकोले जिल्लातहबाटै पार्टी एकिकरण गर्नु परेको कार्कीको भनाई छ । उहाँले तल्लो तहका पार्टी कमिटीहरुलाई नेकपा एमालेका कमिटीहरुमा समाहित भई काम गर्न निर्देशन समेत दिनुभएको छ ।

पार्टी एकिकरण घोषणा कार्यक्रममा बोल्नुहुँदै नयाँ शक्ति पार्टी नेपाल दोलखाबाट आसन्न निर्वाचनमा प्रतिनिधि सभाको उम्मेद्वार बन्नुभएका नेता बैकुण्ठप्रसाद भण्डारीले एमालेसँग पार्टी एकिकरण भएकोले एमाले उम्मेद्वार पार्वत गुरुङलाई विजयी गराउन आफूले उम्मेद्वारी फिर्ता लिएको घोषणा गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले यसअघि रविन्द्र कार्की एमालेबाट बाहिरिएको स्मरण गराउदै त्यति बेला नै उहाँ एमालेमा रहनुपर्ने आवश्यकता महसुश गरेको र अहिलेसँगै यात्रा गर्न पाउँदा खुसी लागेको बताउनुभयो । पार्टी एकिकरण भएकोले नयाँ शक्ति पार्टी नेपाल दोलखाका संयोजक रविन्द्र कार्की, नेताहरु केशव चौँलागाई र बैकुण्ठप्रसाद भण्डारीलाई एमाले दोलखाको सचिवालय सदस्यको जिम्मेवारी दिने निर्णय भईसकेको एमाले अध्यक्ष पोखरेलले जानकारी दिनुभएको छ । अध्यक्ष पोखरेलले आसन्ननिर्वाचनको सन्दर्भमा कुरा गर्नुहुँदै सबै बाम पन्थीहरु एक भएको बेलामा दोलखाका १ प्रतिनिधि सभा र २ प्रदेश सभाको सिटमा बाम गठबन्धनका उम्मेद्वारहरु काङ्ग्रेसको जमानत नै जफत हुने गरी विजयी हुने दाबी गर्नुभयो ।

पार्टी एकिकरण भएको र उम्मेद्वारी फिर्ता लिएको प्रेस विज्ञप्तीहरु

   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो