२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सल्यानमा पहिलोपटक तोडियो सिण्डिकेट, शारदा यातायात प्रालिका गाडी संचालनमा

२०७४, १९ कार्तिक आईतवार १३:००

खकेन्द्र केसी/कात्त्क १९, सल्यान । सल्यानमा यातायात प्रा.लि.मा पहिलो पटक सिण्डिकेट तोडिएको छ । 

लामो समय देखि यातायातको क्षेत्रमा सल्यानमा एकलौटी गर्दै आएको सल्यान रुकुम यातायात प्रा.लि.लाई तोड्दै शारदा यातायात प्रा.लि.ले आफ्ना गाडिहरु संचालन गरेको छ । आज जिल्लाको श्रिनगरमा एक कार्यक्रमको बिच प्रा.लि. को कार्यालय तथा गाडीहरु उद्घाटन गरिएको छ । उद्घाटन गरिएसंगै पछि थप गर्ने गरि आजैबाट प्रा.लि.ले २ ओटा गाडी संचालन गरेको छ ।


सदरमुकाम खलंगा बाट दाङको लागी १ र श्रीनगरबाट बाङगेलाखुरीको १ ओटा गाडी संचालन गरिएको हो । अन्य गाडी बराबरको भाडा लाग्ने तर सुबिधा युक्त डिलक्स गाडी मात्रै प्रयोग गर्ने समितीका सचिव गोविन्द वलीले अनलाइन तहल्कालाई जानकारी दिएका छन् ।  

सल्यानमा यात्रुले गाडीको धेरै माग गरेकाले यात्रा गर्नलाई सहज, आरामदायी, गाडी भित्रै मोबाइल चार्जको व्यवस्था भएको डिलक्स गाडी मात्रै अबको एक हप्ता भित्र ५ ओटा भित्र्याउन लागीएको समितीले बताएको छ । टिकट बुकिङ काउन्टर सल्यानको श्रीनगर, खलंगा, लुहाम, कपुरकोट, थारमारे लगाएतका ठाउँमा राखिने बताइएको छ । केहि दिन भित्रै सल्यानबाट दाङ, नेपालगञ्ज, बुटवल, पोखरा, काठमाण्डाँै, भारतको सिम्ला र सल्यानका सबै बजार क्षेत्रमा गाडी संचालन गरिने समितीका अध्यक्ष पूर्ण बहादुर खत्रिले बताएका छन् । 

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि छत्रेश्वारि गाउपालिका अध्यक्ष सन्तोष केसी, बिशिस्ट अतिथि छत्रेश्वरी गाउँपालीका कै उपाध्यक्ष सिता केसी, ट्राफिक प्रहरी सल्यानका ईन्चार्ज गोपाल शर्मा लगायत अन्य व्यक्तिहरुको उपस्थित रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन