२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थिर सरकार र सम्बृद्ध नेपालको लागी वाम गठवन्धन: पौडेल

२०७४, १९ कार्तिक आईतवार १३:४४

कात्तिक १९, बाग्लुङ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा प्रतिनिधि सभा बागलुङ क्षेत्र नं. २ का साझा वामपन्थी उमेद्वार देवेन्द्र पौडेल सुनिलले जनचाहना अनुरुप स्थीर सरकार र सम्वृद्ध नेपालको लागी वाम गठवन्धन भएको वताउनु भएको छ । 

आइतवार जिल्लाको निसिखोला गाउँपालिका वडा नं. ७ को राजकुतमा चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले मध्येपहाडि लोकमार्ग, सालझण्डी ढोरपाटन सडक, वामपन्थी सरकारले नै अगाडि सारेको र पूर्ण गरेर छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

चुनावी सभा तथा भेटघाट कार्यक्रममा पौडेलले निसि लगाएतका बागलुङका दुर्गम भेगको संचारको समस्या तत्काल समाधान गर्न पहल गर्ने, स्थानिय लघुजलविद्युतलाई मिनि ग्रिड मार्फत राष्ट्रिय प्रसारणमा जोडि केन्द्रिय विद्युत घरघरमा पुर्याउने वताउनु भएको छ। लामो समय जनताको मुक्तिको लागी लडेको र वाँकी रहेको जिवन नाफाको भएको भन्दै पौडेलले ग्रामिण जनताको सेवामा वाँकी जिवन विताउने उद्घोष गर्नुभएको छ । 

राजकुतको नरसिंहकोट क्षेत्रको विकासको लागी गुरु योजना वनाएर काम गर्ने वताउँदै पौडेलले पर्यटन प्रर्वद्धन मार्फत यस क्षेत्रको विकास गर्न सकिने औल्याउनु भएको छ ।

कार्यक्रममा प्रदेश सभा ख का साझा वामपन्थी उमेद्वार तथा राष्ट्रिय जनमोर्चाका नेता टेक वहादुर घर्तिले आफु स्थानियको दुःख सुखमा संगै रहेको र स्थानिय समस्या संग पूर्ण जानकार रहेको तथा प्रदेश र केन्द्रमा वामपन्थीकै सरकार वन्ने भएकोले देवेन्द्र पौडेल मार्फत केन्द्रमा जोडिएर विकास गर्ने वताउनु भएको छ।

त्यस्तै कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख तथा एमालेका युवा नेता देव कुमार नेपालीले दलित समुदाय सधै अरुको लागी भोट वैंक भएको भन्दै कसैको पैसा र भोजमा नविक्न सचेत गराउनु भएको छ । नेपाली काग्रेसवाट दलित मुक्ति संभव नभएको भन्दै समानता र समताको लडाई वामपन्थीहरु वाट मात्रै संभव भएको वताउनु भएको छ ।

कार्यक्रममा राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष सुसिला सिर्पाली, नेकपा एमालेका नेता मोहनलाल शर्मा, नेकपा माओवादी केन्द्रका नेता तुल्सी अर्याल लगाएतले वामपन्थी गठवन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रम नेकपा माओवादी केन्द्रका देमलाल श्रेष्ठको अध्यक्षता, नेकपा एमालेका लालविर लोप्चनको स्वागत मन्तव्य तथा राष्ट्रिय जनमोर्चाका प्रसान्त घर्तिमगरको संचालनमा सम्पन्न भएको थियो ।

उमेद्वार सहितको सो टोली जन भेटघाट गर्दै भोली खुङ्गामा कार्यक्रम गर्ने आयोजकले जनाएको छ । कमल पौडेलको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन