२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

नयाँ शक्तिले नेपाली काँग्रेसलाई सघाउने

२०७४, १९ कार्तिक आईतवार १४:२०

कात्तिक १९, कालिकोट । आगामी प्रदेशसभा र प्रतिनीधिसभामा उम्मेदवारी दिएका नयाँ शक्ति पार्टी कालिकोटका उम्मेदवारहरुले ‘मिट प्याक’ गरेर नेपाली काँग्रेसका उम्मेदवारहरुलाई सघाउने भएको छ ।

केन्द्रदेखि नेपाली काँग्रेस र नयाँ शक्ति पार्टीको चुनावी तालमेल भएका कारणले आफुहरुले कालिकोटमा काँग्रेसका उम्मेद्वारलाई तिाउन ‘मिड प्याक’ गरेको नयाँ शक्ति पार्टी कालीकोटका संयोजक माधव उपाध्यायले बताए । केन्द्रदेखि नै नयाँ शक्ति र नेपाली कांग्रेसले चुनावी तालमेल गरेका छन् ।

देशभर चुनाव लड्ने पार्टीको निर्णय अनुसार उम्मेदवारी दिएको र अहिले कांग्रेससँग चुनावी तालमेल भएका कारणले आफुहरुले नेपाली काँग्रेसलाई सघाउने नयाँ शक्ति पार्टीका प्रतिनिधिसभाका उम्मेदवार दानबहादुर सहकारी (क्षितिज)ले बताए । 


‘हामीले कांग्रेससँग चुनावी तालमेल भए अनुसार नै उम्मेदवारीको मिट प्याक गरेका छौं’ उनले भने, ‘अब हामीले नेपाली काँग्रेसका उम्मेदवारहरुका लागि भोट माग्ने र रुख चिन्हमा भोट हाल्ने छौ ।’

देशभरका लोकतान्त्रिक शक्तिहरु एकजुट भएका कारणले कालिकोटमा पनि नयाँ शक्तिले आफुलाई समर्थन गरेको नेपाली काँग्रेसका प्रतिनिधिसभाका उम्मेदवार भुपेन्द्रजंग शाहीले बताए । 

‘देशभर नयाँ शक्तिसँग भएको चुनावी तालमेल अनुसार यहाँ पनि हामीलाई सहयोग गर्ने भएको छ’ उनले भने, ‘लोकतन्त्र खतरामा परेको बेला सबै लोकतन्त्रवादी शक्ति एक हुन परेको हो ।’

कालिकोटमा प्रदेशसभा र प्रतिनिधिसभामा नयाँ शक्ति पार्टीले नेपाली काँग्रेसका उम्मेदवारहरुलाई सघाउने सहमति भएको समानुपातिकतर्फ भने नयाँ शक्तिले आफ्नो पार्टीमा भोट दिने नेपाली काँग्रेसका जिल्ला पार्टी सभापति हर्षबहादुर बमले बताए । 

‘हाम्रा प्रत्यक्षतर्फका उम्मेदवारहरुलाई उहाँहरुले मतदान गर्नु हुनेछ’ उनले भने, ‘समानुपातिकतर्फ भने आफ्नै पार्टीमा मतदान हुनेछ ।’ लोकतन्त्र जोगाउन सबै लोकतान्त्रिक शक्तिसंग सहकार्य आवश्यक भएको उनले बताए ।

कालिकोटमा नयाँ शक्ति पार्टीबाट प्रतिनिधि सभामा दानबहादुर सहकारी (क्षितिज), प्रदेशसभा ‘क’मा धनप्रसाद पाण्डे, प्रदेशसभा ‘ख’मा धर्मराज न्यौपानेले उम्मेदवारी दिएका थिए भने नेपाली काँग्रेसबाट प्रतिनिधि सभामा भुपेन्द्रजंग शाही, प्रदेशसभा ‘क’मा टेकराज शाही, प्रदेशसभा ‘ख’मा कालीबहादुर सहकारीले उम्मेदवार रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन