९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

नयाँ शक्तिले नेपाली काँग्रेसलाई सघाउने

१९ कार्तिक २०७४, आईतवार १४:२०

कात्तिक १९, कालिकोट । आगामी प्रदेशसभा र प्रतिनीधिसभामा उम्मेदवारी दिएका नयाँ शक्ति पार्टी कालिकोटका उम्मेदवारहरुले ‘मिट प्याक’ गरेर नेपाली काँग्रेसका उम्मेदवारहरुलाई सघाउने भएको छ ।

केन्द्रदेखि नेपाली काँग्रेस र नयाँ शक्ति पार्टीको चुनावी तालमेल भएका कारणले आफुहरुले कालिकोटमा काँग्रेसका उम्मेद्वारलाई तिाउन ‘मिड प्याक’ गरेको नयाँ शक्ति पार्टी कालीकोटका संयोजक माधव उपाध्यायले बताए । केन्द्रदेखि नै नयाँ शक्ति र नेपाली कांग्रेसले चुनावी तालमेल गरेका छन् ।

देशभर चुनाव लड्ने पार्टीको निर्णय अनुसार उम्मेदवारी दिएको र अहिले कांग्रेससँग चुनावी तालमेल भएका कारणले आफुहरुले नेपाली काँग्रेसलाई सघाउने नयाँ शक्ति पार्टीका प्रतिनिधिसभाका उम्मेदवार दानबहादुर सहकारी (क्षितिज)ले बताए । 


‘हामीले कांग्रेससँग चुनावी तालमेल भए अनुसार नै उम्मेदवारीको मिट प्याक गरेका छौं’ उनले भने, ‘अब हामीले नेपाली काँग्रेसका उम्मेदवारहरुका लागि भोट माग्ने र रुख चिन्हमा भोट हाल्ने छौ ।’

देशभरका लोकतान्त्रिक शक्तिहरु एकजुट भएका कारणले कालिकोटमा पनि नयाँ शक्तिले आफुलाई समर्थन गरेको नेपाली काँग्रेसका प्रतिनिधिसभाका उम्मेदवार भुपेन्द्रजंग शाहीले बताए । 

‘देशभर नयाँ शक्तिसँग भएको चुनावी तालमेल अनुसार यहाँ पनि हामीलाई सहयोग गर्ने भएको छ’ उनले भने, ‘लोकतन्त्र खतरामा परेको बेला सबै लोकतन्त्रवादी शक्ति एक हुन परेको हो ।’

कालिकोटमा प्रदेशसभा र प्रतिनिधिसभामा नयाँ शक्ति पार्टीले नेपाली काँग्रेसका उम्मेदवारहरुलाई सघाउने सहमति भएको समानुपातिकतर्फ भने नयाँ शक्तिले आफ्नो पार्टीमा भोट दिने नेपाली काँग्रेसका जिल्ला पार्टी सभापति हर्षबहादुर बमले बताए । 

‘हाम्रा प्रत्यक्षतर्फका उम्मेदवारहरुलाई उहाँहरुले मतदान गर्नु हुनेछ’ उनले भने, ‘समानुपातिकतर्फ भने आफ्नै पार्टीमा मतदान हुनेछ ।’ लोकतन्त्र जोगाउन सबै लोकतान्त्रिक शक्तिसंग सहकार्य आवश्यक भएको उनले बताए ।

कालिकोटमा नयाँ शक्ति पार्टीबाट प्रतिनिधि सभामा दानबहादुर सहकारी (क्षितिज), प्रदेशसभा ‘क’मा धनप्रसाद पाण्डे, प्रदेशसभा ‘ख’मा धर्मराज न्यौपानेले उम्मेदवारी दिएका थिए भने नेपाली काँग्रेसबाट प्रतिनिधि सभामा भुपेन्द्रजंग शाही, प्रदेशसभा ‘क’मा टेकराज शाही, प्रदेशसभा ‘ख’मा कालीबहादुर सहकारीले उम्मेदवार रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो