२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा वामगठबन्धनको घोषणा पत्र तयार, के-के छन् घोषणामा ?

२० कार्तिक २०७४, सोमबार ०५:३५

लोकेन्द्र प्रशाद जोशी | कात्तिक २०, दार्चुला । दार्चुलामा वाम गठबन्धनले संयुक्त घोषणा पत्र तयार गरेको छ । जिल्लाको तर्फबाट साझा प्रतिबद्धता नाम दिइएको घोषणा पत्रमा समग्र जिल्लामा पर्यटन पूर्वाधार विकासमा जोड दिइएको छ । दार्चुलाबाट प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारको तर्फबाट प्रतिबद्धता स्वरुप घोषणा पत्र तयार गरिएको हो ।

बाम गठबन्धनले शैल्यशिखर मालिकार्जुन गुरु योजना अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गरिने जनाइएको छ । यस्तै शेरा जौलजीवि खलंगा व्यास लिपुलेक मार्गलाई मानसरोवर पर्यटकीय मार्गको रुपमा विकास गरिने उल्लेख छ । अपि हिमाल पर्यटकीय मार्गको गोकुलेश्वर, विटुले पारिबगर, मकरीगाड क्षत्ति क्षेत्रको गोकुलेश्वर, लटिनाथ, गुल्जर, घुसा र खण्डेश्वरीमा व्यवस्थित पर्यटकीय आवास गृह निर्माण गरिने तथा होमेस्टेको रुपमा विकास गरिने नीति लिइएको घोषणा पत्र मस्यौदा समितिका सदस्य शेरसिह धामीले जानकारी दिनुभयो ।

यस्तै खलंगा जैतकोट हिकिला दुहु, दम्दाकोट थाइसैन ब्रह्मलेक सिद्धटोपी पर्यटन पदमार्गको रुपमा विकास गरिने छ । भने यी क्षेत्रमा पर्यटकी सम्भाव्यता अध्ययन गरी हिल क्लाइम्बीङस्थल निर्माण गरिने नीति लिइएको घोषणा पत्रमा उल्लेख छ । जिल्लामा रहेका विभिन्न मन्दिर तथा देवस्थलहरुलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्दै जिल्लाको पर्यटकीय गुरु योजना अनुसार योजनाहरु कार्यान्वयन गर्दै लगिने वाम गठबन्धनको घोषणा पत्रमा उल्लेख गरिएको धामीले बताउनुभयो ।

घोषणा पत्रमा पर्यटन पूर्वाधार सँगै, शिक्षा, स्वास्थ्य, यातायात,खानेपानी तथा सरसफाई, सिचाइ तथा ढल निकास, सञ्चार, विद्युतीकरण, भूक्षय नियन्त्रण तथा विपद व्यवस्थापन, वन वातावरण र जडिबुडि विकास, कृषि तथा पशुपक्षी विकास क्षेत्र, उद्योग रोजगारी क्षेत्र, खेलकुद, समाजिक सुरक्षा जस्ता विविध क्षेत्र छुट्याइएको छ । 

घोषणा पत्रलाई औपचारिक रुपमा केन्द्रीय नेतृत्व जिल्ला बोलाएर सार्वजनिक गर्ने तयारी भएको एमाले जिल्ला कमिटी सचिव ज्ञानेन्द्र घर्तीले जानकारी दिनुभयो । तर स्थानीय कार्यकर्तालाई भने अहिले देखि नै घोषणा पत्र अध्ययन एवं प्रचारको लागि वितरण शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै वाम गठबन्धनको घोषणा पत्रमा पिछडिएको क्षेत्र निर्धारणमा काग्रेस दोषी भएको देखाइएको छ । वाम गठबन्धनले तयार पारेको संयुक्त प्रतिबद्धता पत्रमा काग्रेस सरकारले गरेको निर्णय सच्चाउन पहल गर्ने उल्लेख गरेको हो ।

नेपाली काग्रेसको नेतृत्वमा रहेको सरकारले घोषणा गरेको पिछडिएको क्षेत्रको गलत निर्णयका कारण जिल्ला पछाडि परेको भन्दै यसको लागि वाम गठबन्धनले पहल गर्ने जनाइएको छ । वाम गठबन्धनले पिछडिएको वर्गको उत्थानको लागि आधुनिक पेशा व्यवसाय गर्ने नीति लिने जनाएको छ । यस्तै भूमीहिन दलित तथा भुमीहिन अन्य समुदायका समुदायको लागि आवासको व्यवस्था गरिने विषय समेटिएको घोषणा पत्र तयार मस्यौदा समितिका सदस्य शेरसिह धामीले बताउनुभयो । सामाजिक रुपमा पछाडि परेका र पारिएका जनजाति, लैगिंक अल्पसंख्यक, अपांगता भएका व्यक्ति किसान तथा मजदुर वर्गको उत्थानको लागि नीतिमै कार्यक्रम ल्याइने घोषणा पत्रमा उल्लेख भएको धामीले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला