९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटन व्यवसायी प्रतिनिधि सभाका उम्मेदवार

२० कार्तिक २०७४, सोमबार ०७:५५

कत्तिक २०, काठमाडौं । आगमी मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका निम्ति पर्यटन व्यवसायी दल बहादुर (डिबी) लिम्बु उम्मेदवारी बन्नुभएको छ ।

नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट प्रत्यक्षतर्फ ललितपुर जिल्ला क्षेत्र नं. ३ बाट उम्मेदवार बन्नुभएको लिम्बुसहित अन्य उम्मेदवारको नाम केही दिन अघि ललितपुरमा चुनावी प्रचारप्रसार कार्यक्रमबीच पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सार्वजनिक गर्नुभएको हो ।

विगत तीन दशकदेखि पर्यटनमा आवद्ध लिम्बुले मुलुकमा सधैं राजनीतिक अस्थिरताका कारण आर्थिक विकास हुन नसकेको भन्दै समग्र पर्यटनको विकासद्धारा मुलुकको आर्थिक विकास गराउन सकिने बताउनुभयो । पर्यटनको माध्यमद्धारा मुलुकको विकास र शुद्ध आर्थिक एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएकाले जनताले अत्याधिक मतले बिजयी गराई एक पटक काम गर्ने अवसर दिने कुरामा आफू ढुक्क रहेको उहाँले बताउनुभयो ।

दल बहादुर लिम्बुको जीवन–यात्रा

भनिन्छ समय नै जीवन हो । समयले मानिसलाई जता लान्छ जीवन उतै जान्छ । दल बहादुर लिम्बुको जीवन पनि यस्तै भयो । ब्रिटीस आर्मीमा जागिर खाने उहाँको सोच थिएन तर १४ वर्षको उमेरमा जागिरे हुनुभयो । त्यस्तै, पर्यटन व्यवसाय अंगाल्ने उहाँको उदेश्य थिएन तर अहिले सफल पर्यटन व्यवसायीको रुपमा स्थापित हुनुभएको छ । 


त्यस्तै, राजनीतिमा लाग्ने पनि उहाँको उदेश्य कदापी होइन तर राजनीतिको अग्निपरीक्षामा उहाँ होमिदै हुनुहुन्छ । नजिकिँदै गरेको प्रतिनिधिसभाको निर्वाचनमा उहाँ नयाँ शक्ति पार्र्टी, नेपालको तर्फबाट ललितपुर जिल्ला क्षेत्र नं. ३ बाट उम्मेदवार बन्नुभएको छ ।

वि.स. २०१८ श्रावणमा धरानमा बुबा रामलाल लिम्बु र आमा आइतोतीको कोखबाट जन्मनुभएको लिम्बु ६ जना सन्तानमध्ये माइलो सन्तान हुनुहुन्छ । उहाँको बाल्यकाल मध्य वर्गीय परिवारमा बित्यो । 

स्थानिय बिद्यालय निकेतन मा.वि.बाट अक्षर शुभारम्भ गर्नुभएको लिम्बुले त्यहीँबाट २०३५ सालमा प्रवेशीका परीक्षा उत्रिर्ण गर्नुभयो । त्यसपछि तत्काल उहाँ ब्रिटीस आर्मीमा जागिर खान हङकङ जानुभयो र त्यहाँ उहाँले १४ वर्ष बिताउनुभयो ।

२०४९ सालमा ब्रिटीस आर्मीबाट अवकाश पाउनुभएको लिम्बुले केही समय हङकङको एक ट्राभल्स एजेन्सीमा काम गर्नुभयो । उहाँ हुँदा उहाँलाई नेपालप्रति केही गर्नुपर्छ भन्ने भावनाले उकुसमुकुस बनाईरहन्थ्यो । त्यसपछि उहाँ २०५१ सालको अन्त्यतिर नेपाल फर्कनुभयो र २०५५ सालमा फास्ट ईन्टरनेशनल ट्राभल्स सञ्चालन गर्नुभयो । निजी व्यवसायसँगै २०६१ सालदेखि निरन्तर समाजसेवामा लाग्नुभएको लिम्बु ०६१ देखि नै ट्राभल्सको सबैभन्दा ठुलो छाता संगठन (नाट्टा) मा आबद्ध हुनुभयो । 

२००६ मा उहाँ नाट्टामा सचिव हुनुभयो र २००८ मा महासचिव हुनुभएको लिम्बु २०१४ देखि ०१६ सम्म अध्यक्ष हुनुभयो । त्यस्तै, २०६४ मा ग्रान्ड एकेडेमी स्कुल (सातदोबाटो) को प्रबन्ध सञ्चालक हुनुभएको लिम्बु २०७० देखि ०७२ सम्म अध्यक्ष हुनुभयो ।

संयुक्त पर्यटन समन्वय समितिको संयोजकसमेत रहनुभएको लिम्बु अहिले ललितपुर महानगरपालिका वडा नं. ५ मानभवन टोल विकास संस्थाको अध्यक्ष हुनुहुन्छ । फास्ट ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्स र फास्ट ट्राभल्स सोलुसन प्रा.लिको सञ्चालक तथा मेगा बैंक र टुरिजम विकास बैंकको प्रमोटर हुनुहुन्छ ।

समग्र मुलुकको परिवर्तन राजनीतिलेमात्र सम्भव छ भन्ने निष्कर्षमा पुग्नुभएको लिम्बु व्यवसायसँगै पारदर्शी राजनीतिमा पनि सक्रिय भएर लाग्ने बताउनुहुन्छ । जनप्रतिनिधिसभाको निर्वाचनमा जनताले आफूलाई अपेक्षितभन्दा बढी मत दिएर बिजयी गराउने आफू ढुक्क भएको उहाँ बताउनुहुन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो