२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश सभाको चुनाव लड्दै कलाकार

२०७४, २० कार्तिक सोमबार ०८:३२

कात्तिक २०, काठमाडौं । कलाकार रमेश जटाल प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् । राष्ट्रिय जनता पार्टी (रा.ज.पा.) को तर्फबाट मकवानपुर जिल्लाको क्षेत्र नं. १ बाट उनी उम्मेदवार बनेका हुन् ।

राजपाको मकवानपुर जिल्ला अध्यक्षसमेत रहेका जटाल २०७४ साल अघि स्वतन्त्र थिए । जिल्लामा उनको बढ्दो लोकप्रियता, उनीप्रति सबै वर्ग, समूहको आकर्षण, जिल्लाको विकासमा अहोरात खट्ने तथा स्थानिय स्तरदेखि केन्द्रसम्म उनको राम्रो पहुँच भएकाले राजपाले उनलाई जिल्ला अध्यक्ष बनायो । 


अन्ततः राजपाले आगामी प्रदेश सभाको निर्वाचनका निम्ति उनलाई उम्मेदवारको टिकट सम्म दियो । मुलुकको विकासको निम्ति व्यक्तिले चाहेर पनि केही गर्न नसकिने तर राजनीतिबाट सम्भव भएकाले स्वच्छ तन, मन लिएर चुनावी मैदानमा उत्रिएको जटालले बताए । त्यस्तै उनले देशको सेवामा स्वच्छ तन, मन लिएर चुनावी मैदानमा उत्रिएकाले जनताले आफूलाई अत्याधिक मतले विजयी गराउने र राष्ट्र सेवाको स्वर्गीम ढोका खोलीदिने कुरामा आफू ढुक्क रहेको उनले बताए ।

फूटबल खेलाडी देखि कलाकार हुँदै राजनीतिको चुनावी मैदानमा

वि.स. २०४२ साल भाद्र २ गते मकवानपुर जिल्लाको (हाल हेटौंडा उप–नगरपालिका) मा बुबा कृष्ण बहादुर जटाल र आमा सीताको कोखबाट जन्मिएका जटालको बाल्यकाल सामान्य परिवारमा बित्यो । 

उनको अक्षर शुभारम्भ स्थानिय श्री त्रिभुवन नि.मा.वि.बाट भयो र त्यहीँबाट उनले वि.स. २०६० सालमा प्रवेशीका परिक्षा उत्रिर्ण गरे । बिद्यार्थी जीवनमा उनी बिद्यालयका हरेक कार्यक्रममा भाग लिन्थे । पुरस्कार पनि जित्थे । 

तर, उनी सानैदेखि फूटवलका सौखिन थिए । बिद्यार्थी जीवनमा फूटवल खेलेर उनले जिल्लामा ठुलो नाम र चर्चा कमाए । तर, समय बित्दै जाँदा उनको यात्रा कलाकारीतातर्फ मोडियो । प्रवेशीका परिक्षा उत्रिर्ण गरेसँगै उनी २०६० सालमा उच्च शिक्षा हाँसिल गर्न काठमाण्डौँ प्रवेश गरे । काठमाण्डौँ आएपछि उनी पशुपति कलेजमा भर्ना भए । 

उच्च शिक्षा अध्ययनसँगै उनी मोडलिङमा लागे । त्यसपछि उनमा कलाकारीताको मोह बढ्दै गयो । 

अध्ययनसँगै उनी निरन्तर कलाकारीतामा लागे । हालसम्म उनले दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने चम्पा चमेली, बाध्यता जिन्दगी, रक्तिम क्रान्तिजस्ता फिल्ममा उनले सशक्त अभिनय गरेका छन् । 

कलाकार जटालले आगामी दिनमा पनि कलाकारीतासँगै राजनीतिक यात्रालाई पनि सँगै लैजाने बताएका छन् । जिल्लाको शिक्षा, स्वास्थ्य, यातायात, उद्योग, खानेपानीजस्ता विकासका पूर्वाधारहरु दयानिय रहेकाले यस्ता विकासका पूर्वाधारहरु व्यक्तिले निर्माण गर्न असम्भव रहेकाले राजनीतिमा होमिएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश