९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धनको काठमाडौँमा प्रचार कार्यालय उद्घाटन

२० कार्तिक २०७४, सोमबार ११:२८

कात्तिक २०, काठमाडौँ । आशन्न निर्वाचनका लागि काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनले संयुक्त कार्यालय स्थापना गरी आजबाट निर्वाचन प्रचार शुरु गरेको छ । 

बिजुलीबजारस्थित प्रचार कार्यालयको नेकपा (एमाले) उपाध्यक्ष युवराज ज्ञवाली र नेकपा (माओवादी केन्द्र) का लीलामणि पोखरेलले उद्घाटन गर्नुभयो । 

सो अवसरमा उपाध्यक्ष ज्ञवालीले मुलुकको समृद्धिका लागि वाम गठबन्धनले विजय हासिल गर्नुपर्ने बताउनुभयो । उहाँले वाम एकता अहिलेको आवश्यकता भएकाले निर्वाचनपछि पार्टी एकता हुने जानाउनुभयो । 

केन्द्रका नेता पोखरेलले पार्टी एकताकै लक्ष्यसहित आफूहरुको चुनावी तालमेल गरिएको स्पष्ट गर्नुभयो । 

गठबन्धनबाट सो क्षेत्रका प्रतिनिधि सभाका उम्मेदवार अनिल शर्माले बागमती र विष्णुमति नदीको प्रदूषण हटाइ स्वच्छ हराभरा क्षेत्र र अन्य विकासका कार्यक्रमका साथ आफू अघि बढेको बताउनुभयो । 

सो क्षेत्रको प्रदेश क र ख का उम्मेदार विष्णुकुमारी भुषाल भट्टराई र गणेशप्रसाद दुलालले पनि आफूहरुको चुनावी अभियानमा समर्थन बढ्दो रहेको दाबी गर्नुभयो । सो क्षेत्रको प्रचारका लागि श्याम तण्डुकारको संयोजकत्वमा समिति गठन गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो