१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा चुनाव प्रचारमा गाउँकेन्द्रित हुँदै राजनीतिक दल

२१ कार्तिक २०७४, मंगलवार ०२:५८

कात्तिक २१, बैतडी । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि बैतडीमा उम्मेदवारहरु भोट माग्ने कार्यमा व्यस्त रहेका छन् । 

चुनावलाई लक्षित गरेर बैतडीमा सबै राजनीतिक दलले चुनावी अभियानलाई पनि तीव्रता दिएका छन् । सबै राजनीतिक दलहरु आजभोलि भोट माग्न गाउँ केन्द्रित भएका छन् । 

मतदाताहरुलाई कामको चटारो भए पनि उम्मेदवारहरुलाई मत माग्न हतार भइरहेको छ । लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन र अन्य साना दलहरुले पनि चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । 

ठूलादेखि साना दलहरु मत माग्नका लागि गाउँगाउँ पुग्ने गरेका छन् । चुनावी सभा र घरदैलोमार्फत उम्मेदवारले मत माग्ने काम गरिरहेका छन् । मत माग्न गाउँगाउँ पुगेका नेताहरुले पुरानै आश्वासन दोहो¥याइरहेको जनताले बताएका छन् । जिल्लामा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच प्रतिस्पर्धा हुने आँकलन गरिएकाले उनीहरुले प्रचारप्रसारमा बढी जोड दिएका छन् । 

लोकतान्त्रिक गठबन्धनका तर्फवाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली काँग्रेस नेता तथा वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द उम्मेदवार बनेका छन् भने प्रदेश सभा सदस्यका लागि बैतडी ‘क’ बाट नेपाली काँग्रेसका हरिमोहन भण्डारी र बैतडी ‘ख’ मा राप्रपाका गणेश चन्द चुनावी मैदानमा उत्रिएका छन् । 

उता वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका लागि एमालेका नेता पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारीलाई अघि सारेको छ भने प्रदेश सभाका लागि ‘क’ बाट माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट र ‘ख’ बाट एमालेका लीलाधर भट्ट उम्मेदवार बनेका छन् । 

यस्तै, प्रतिनिधि सभाका लागि विवेकशील साझाबाट नारायणदत्त अवस्थी र राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी चुनावी मैदानमा लड्ने भएका छन् । प्रदेश सभातर्फ क्षेत्र नं १ राष्ट्रिय जनसमाजवादी पार्टीबाट भगीरथसिंह कुँवर, राष्ट्रिय जनमोर्चाबाट अर्जुनसिंह मडै र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट दिलीपराज पाण्डे चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । 

एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो