२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेद्वारा २५१ सदस्यीय बुद्धिजीवी प्रचारप्रसार कमिटी गठन

२०७४, २१ कार्तिक मंगलवार ०४:०८

कात्तिक २१, काठमाडौँ (रासस) | नेकपा (एमाले) काठमाडौँ निर्वाचन क्षेत्र नं ९ ले प्रा भोला पोखरेलको संयोजकत्वमा बुद्धिजीवी प्रचारप्रसार कमिटी सोमबार गठन गरेको छ । 

आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा त्यस क्षेत्रमा पार्टीका उम्मेदवारलाई आवश्यक सुझाव उपलब्ध गराई प्रचारप्रसारमा सहयोग गर्ने उद्देश्यले सो कमिटी गठन गरिएको हो । 

सो क्षेत्रका प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा गठन गरिएको समितिमा विभिन्न पेशामा आबद्ध बुद्धिजीवीमध्येबाट २५१ सदस्य समेटिएको छ । सोही समितिबाट ४५ सदस्य रहेको सचिवालय गठन गरिएको नेता नन्दहरि गौतमले जानकारी दिनुभयो । 

उम्मेदवार श्रेष्ठले अबको चुनावमा वाम गठबन्धनको बहुमत कायम गर्न कसैले रोक्न नसक्ने बताउँदै गठबन्धनका उम्मेदवारलाई जिताउन बुद्धिजीवी मोर्चाबाट प्रचारप्रसारलगायत अन्य सहयोगका लागि भूमिका निर्वाह गर्न कमिटीलाई आग्रह गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश