२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति सम्भव छ: वैद्य

२०७४, २१ कार्तिक मंगलवार ०८:०३

कात्तिक २१, काठमाडौँ । नेकपा(क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले नेपालमा सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति आवश्यक तथा सम्भव दुवै रहेको बताउनुभएको छ । 

अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा आज प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष वैद्यले माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा क्रान्तिको तयारीको दिशामा गम्भीरतापूर्वक तथा प्रभावकारी रुपमा अगाडि बढ्न आग्रह गर्नुभएको छ । 

रुसमा लेनिनको नेतृत्वको पार्टीद्वारा सय वर्षअघि १९१७ नोभेम्बर ७ गते (अक्टोबरमा क्रान्ति भए पनि पात्रो परिवर्तन भएको)अर्थात् आजकै दिन समाजवादी क्रान्ति सम्पन्न भएको थियो । 

विज्ञप्तिमा भनिएको छ, “माक्र्सले पेरिस कम्युनका सन्दर्भमा भनेझैँ अक्टोबर क्रान्तिका सिद्धान्त शाश्वत र अविनाशी छन्, जबसम्म विश्व सर्वहारा वर्ग र उत्पीडित मानव जातिको मुक्ति हुँदैन, तबसम्म अक्टोबर क्रान्तिका सिद्धान्त बारम्बार प्रकट भइरहने छन् ।” 

साम्यवादको अहिलेको पराजय अस्थायी तथा क्षणिक भएको तथा साम्राज्यवाद गम्भीर संकटमा फसिरहेको जिकिर विज्ञप्तिमा गरिएको छ । अक्टोबर क्रान्तिको शतवार्षिकी समारोह मनाउनाको सार्थकता र वास्तविक मूल्य साम्राज्यवाद तथा विस्तारवादसहित सबै खाले प्रतिक्रियावाद र दक्षिणपन्थी संशोधनवादका विरुद्ध लड्नुरहेको नेता वैद्यले जोड दिनुभएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन