९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति सम्भव छ: वैद्य

२१ कार्तिक २०७४, मंगलवार ०८:०३

कात्तिक २१, काठमाडौँ । नेकपा(क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले नेपालमा सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति आवश्यक तथा सम्भव दुवै रहेको बताउनुभएको छ । 

अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा आज प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष वैद्यले माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा क्रान्तिको तयारीको दिशामा गम्भीरतापूर्वक तथा प्रभावकारी रुपमा अगाडि बढ्न आग्रह गर्नुभएको छ । 

रुसमा लेनिनको नेतृत्वको पार्टीद्वारा सय वर्षअघि १९१७ नोभेम्बर ७ गते (अक्टोबरमा क्रान्ति भए पनि पात्रो परिवर्तन भएको)अर्थात् आजकै दिन समाजवादी क्रान्ति सम्पन्न भएको थियो । 

विज्ञप्तिमा भनिएको छ, “माक्र्सले पेरिस कम्युनका सन्दर्भमा भनेझैँ अक्टोबर क्रान्तिका सिद्धान्त शाश्वत र अविनाशी छन्, जबसम्म विश्व सर्वहारा वर्ग र उत्पीडित मानव जातिको मुक्ति हुँदैन, तबसम्म अक्टोबर क्रान्तिका सिद्धान्त बारम्बार प्रकट भइरहने छन् ।” 

साम्यवादको अहिलेको पराजय अस्थायी तथा क्षणिक भएको तथा साम्राज्यवाद गम्भीर संकटमा फसिरहेको जिकिर विज्ञप्तिमा गरिएको छ । अक्टोबर क्रान्तिको शतवार्षिकी समारोह मनाउनाको सार्थकता र वास्तविक मूल्य साम्राज्यवाद तथा विस्तारवादसहित सबै खाले प्रतिक्रियावाद र दक्षिणपन्थी संशोधनवादका विरुद्ध लड्नुरहेको नेता वैद्यले जोड दिनुभएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो