२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्सा क्षेत्र नं १ मा प्रभावशाली नेताबीच रोचक भिडन्त

२०७४, २१ कार्तिक मंगलवार ११:२२

कात्तिक २१, वीरगञ्ज । दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभाका लागि उम्मेदवारी दर्ता भएसँगै अहिले पर्साको नगर र गाउँगाउँमा चुनावी गतिविधि तीव्र बनेको छ । 

विशेष गरी अहिले पर्साको सर्वाधिक चर्चाको विषय बनेको छ क्षेत्र नं १ । जिल्ला सदरमुकाम वीरगञ्जसहितको महत्वपूर्ण क्षेत्र समेटिएको यो निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसबाट अनिल रुगंटा र संघीय समादवादी फोरम नेपालबाट पर्सा जिल्ला अध्यक्ष प्रदीप यादव उम्मेदवार बनेका छन् । 

मधेश आन्दोलनको केन्द्रबिन्दु र आर्थिक नगरीका रुपमा रहेको पर्साको क्षेत्र नं १ मा प्रभावशाली रहेका रुगंटा र यादव आमनेसामने भएपछि यहाँका मतदाता मात्र नभई मधेशका अन्य जिल्लाका मतदातासमेतमा को जित्ने होला भन्ने चासो बढ्न थालेको छ । 

यो क्षेत्रमा वाम गठबन्धनबाट विचारी यादव उम्मेदवार बनेका छन् । उनको उम्मेदवारीले पनि यहाँको चुनावी प्रतिष्पर्धालाई रोमाञ्चक बनाइदिएको छ । 

संघीय समाजवादी फोरमका वियज सरावगीले वीरगञ्ज महानगरपालिकाको प्रमुख पद जितेकाले क्षेत्र नं १ मा यादवको स्थिति राम्रो रहेको लख मतदाताले काटेका छन् । काँग्रेस उम्मेदवार रुगंटा माडवाडी समुदायका हुन् र उनले जातिगत रुपमै पनि राम्रै भोट पाउने अर्काथरिको विश्लेषण छ ।  

दुवै उम्मेदवारले समृद्ध वीरगञ्जको नारा दिँदै आएका छन् । क्षेत्र नं १ मा ६७ हजार ४०५ मतदाता रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश