९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओबादी उम्मेदवार चढेको मोटरसाइकलबाट पेस्तोल बरामद

२१ कार्तिक २०७४, मंगलवार १२:२८

कात्तिक २१, गोरखा । नेकपा (माओवादी केन्द्र)की नेत्री तथा प्रतिनिधि सभा समानुपातिकतर्फका उम्मेदवार सुशीला सिम्खडा चढेको मोटरसाइकलबाट प्रहरीले पेस्तोलसहित तीन राउण्ड गोली बरामद गरेको छ । 

गोरखा आरुघाट गाउँपालिकाबाट बा७३प ३३८६ नंको मोटरसाइकलमा चढेर भीमसेन गाउँपालिकातर्फ जाँदै गर्दा धावामा मोटरसाइकल चेकिङ गर्ने क्रममा प्रहरीले आज ९–एमएम पेस्तोल र तीन थान गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताउनुभयो । 

मोटरसाइकल चालक भीमसेन–४ का गुणप्रसाद खनाल फरार छन् । उनले बोकेको झोला खानतलासी गर्दा प्रहरीले सो हतियार र गोली बरामद गरेको हो । झोला छाडेर खनाल भागेको प्रहरीले जनाएको छ ।

 मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ । सिम्खडाले आफूले खनालसँग मोटरसाइकलमा ‘लिफ्ट’ मात्रै मागेको हुँदा हतियारको विषयमा आफूलाई केही जानकारी नभएको बताएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो