२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओबादी उम्मेदवार चढेको मोटरसाइकलबाट पेस्तोल बरामद

२०७४, २१ कार्तिक मंगलवार १२:२८

कात्तिक २१, गोरखा । नेकपा (माओवादी केन्द्र)की नेत्री तथा प्रतिनिधि सभा समानुपातिकतर्फका उम्मेदवार सुशीला सिम्खडा चढेको मोटरसाइकलबाट प्रहरीले पेस्तोलसहित तीन राउण्ड गोली बरामद गरेको छ । 

गोरखा आरुघाट गाउँपालिकाबाट बा७३प ३३८६ नंको मोटरसाइकलमा चढेर भीमसेन गाउँपालिकातर्फ जाँदै गर्दा धावामा मोटरसाइकल चेकिङ गर्ने क्रममा प्रहरीले आज ९–एमएम पेस्तोल र तीन थान गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताउनुभयो । 

मोटरसाइकल चालक भीमसेन–४ का गुणप्रसाद खनाल फरार छन् । उनले बोकेको झोला खानतलासी गर्दा प्रहरीले सो हतियार र गोली बरामद गरेको हो । झोला छाडेर खनाल भागेको प्रहरीले जनाएको छ ।

 मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ । सिम्खडाले आफूले खनालसँग मोटरसाइकलमा ‘लिफ्ट’ मात्रै मागेको हुँदा हतियारको विषयमा आफूलाई केही जानकारी नभएको बताएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन