१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा चुनावी प्रचारको आफ्ना-आफ्ना तरिका

२१ कार्तिक २०७४, मंगलवार १४:५२

सागर रिजाल | कात्तिक २१, प्यूठान | मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा बाम गठबन्धन र नेपाली कांग्रेसले चुनाव प्रचारलाई अघि बढाएका छन् । उम्मेदवारी दर्ता गरे लगत्तै जिल्लामा बाम गठबन्धन र नेपाली कांग्रेसले चुनाव प्रचारलाई अगाडी बढाएका हुन् । संयुक्त बाम गठबन्धनले चुनावी प्रचारलाई प्रभावकारी बनाउन संयुक्त निर्वाचन परिचालन कमिटी बनाउन थालेको छ ।

जिल्लामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका तीन जना उम्मेदवार बाम गठबन्धनबाट उम्मेदवार बनेका छन् । तीन वटै पार्टीका नेता/कार्यकर्तालाई समेटेर गठबन्धनले पालिका स्तरीय कमिटी बनाउन थालेको हो । ‘जिल्ला स्तरीय निर्वाचन परिचालन कमिटी गठन भएको छ,’ नेकपा एमाले प्यूठानका अध्यक्ष तुल्सीराम शर्माले भन्नुभयो,‘गाउपालिका, नगरपालिकामा पनि कमिटी बन्दैछन् ।’ तीन वटै दलका नेता कार्यकर्तालाई संयुक्त रुपमा परिचालन गर्नेगरि कमिटी बनाइएको उहाँले बताउनुभयो । 


बाम गठबन्धनबाट प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाका नेता दुर्गा पौडेल, प्रदेश सभामा एमाले नेता हरि रिजाल र माओवादी केन्द्रका नेता कृष्णध्वज खड्का उम्मेदवार बन्नुभएको छ । तीनै जना उम्मेदवारले आ–आफ्नो पार्टीको चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् । कमिटी गठनसँगै चुनावी प्रचार शुरु भएको राष्ट्रिय जनमोर्चा प्यूठानका अध्यक्ष कृष्णबहादुर खड्काले बताउनुभयो । ‘प्रत्यक्षमा गठबन्धनका उम्मेदवारलाई र समानुपातिकमा आफ्नो पार्टीलाई भोट हाल्न निर्देशन दिएका छौं ।’ उहाँले भन्नुभयो ।


कांग्रेस उमेद्वारको मतदाता भेटघाटमा तिव्रता

 नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा प्रा डा. गोविन्दराज पोख्रेल, प्रदेश सभामा टेक प्रसाद भण्डारी र अमरप्रसाद भण्डारीले उम्मेदवारी दिनुभएको छ । डा. पोख्रेल अहिले उत्तरी प्यूठानका क्षेत्रहरुमा मतदाताहरुसँग भेटघाटमा व्यस्त रहेको निर्वाचन प्रचारप्रसार समितिले जनाएको छ । 

चुनाव प्रचारका लागि जिल्ला र क्षेत्र स्तरीय तीन वटा समिति गठन गरेको नेपाली कांग्रेसले जनाएको छ । चुनावी सभा भन्दा मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने उदेश्यले चुनावी अभियान अगाडी बढाइएको नेपाली कांग्रेसको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो