२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर ‘लालकिल्ला’ बनाउने वाम गठबन्धनको घोषणा

२१ कार्तिक २०७४, मंगलवार १५:०५

कात्तिक २१, कञ्चनपुर । नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेताहरुले कञ्चनपुरलाई ‘लालकिल्ला’ बनाउने घोषणा गरेका छन् । 

मंगलबार महेन्द्रनगरमा निर्वाचन क्षेत्र नम्बर ३ को संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै माओवादी–एमालेका नेताहरुले जिल्लालाई लालकिल्ला बनाई छाड्ने घोषणा गरेका हुन् । 

बाम गठबन्धन, एकता आजको आवश्यकता र जनताको चाहना अनुसार भएकाले बाम फुटेर नभई जुट्नको विकल्प  नभएको नेताहरुको भनाई छ । दुवै पार्टीका नेताहरुले यस अघि भएका निर्वाचनमा कम्युनिष्ट अलग अलग चुनाव लड्दा काँग्रेसलाई लाभ भएको बताउदै अब बाम जुट्दा काँग्रेसलाई घाटा हुने समेत बताएका छन् ।


ढुक्क भएर कञ्चनपुरका ३ प्रतिनिधी र ६ प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारलाई जिताउन समेत नेताहरुले कार्यकर्तालाई आब्हान गरेका छन् । ३ नम्बर निर्वाचन क्षेत्रका बाम गठबन्धनका उम्मेदवारले समेत एकजुट भई निर्वाचनमा आफ्ना उम्मेदवार जिताउन लाग्न आग्रह गरेका छन् । 

निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश सभा सदस्यका लागि समानुपातिक उम्मेदवार कौसिल्ला ओझाले नयाँ युगको आवश्यकता अनुसार कम्युनिष्ट एक भएको ऐतिहासिक घडी सबैले सदुपयोग गर्नुपर्ने आब्हान गरिन् । 

सर्वहारा वर्गको उत्थान र राष्ट्र निर्माणको अभिभारा गठबन्धनको काँधमा जिम्मेबारी थपिएको बताउदै उनले एकजुटका साथ युद्धस्तरमा चुनावमा होमिन आब्हान गरिन् । ३ को (क) बाट प्रदेश सभा सदस्यका उम्मेदवार प्रकास बहादुर रावलले छरिएर रहेका बाम घटक एकजुट हुँदा विकास हुने बताउदै एकजुट भएका कम्युनिष्ट उम्मेदवारलाई सघाउन आग्रह गरे । 

३ को (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका मान बहादुर सुनारले स्थानीय विकास र स्थिर सरकारका लागि बामका उम्मेदवारले जित्नुपर्नेमा जोडदिदै निर्वाचनमा होमिन आब्हान गर्नुभयो । प्रतिनिधी सभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार डा. दिपक प्रकास भट्टले राजनीतिक स्थिरताका लागि बाम एकता भएको बताए । 

‘स्थिरताका लागि बाम गठबन्धन भएको हो, ‘उनले भने, ‘यसैको जगमा दुई कम्युनिष्ट विच एकताको शुरुवात भएको हो ।’ बाम गठबन्धनले काँग्रेस भित्र भागदौड मच्चिएको बताउदै उनले बाम एकता कायम राख्नुपर्नेमा जोडदिनुभयो । लोकतन्त्रका नाममा काँग्रेसले जनता ठगेको आरोप लगाउदै भट्टले अब जनता ठग्न नपाईने जिकिर गरे । 

कार्यक्रममा एमाले माओवादी कञ्चनपुरका नेतृत्वले समेत कुनै हिचकिचाहठ नपाउने बाम गठबन्धनका उम्मेदवारलाई भोट दिन समेत आब्हान गरेका छन् । नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक बिर बहादुर थापा (पातल)ले दुई बाम पार्टी विचको एकताले जनतामा आशा पलाएको बताए । 

‘हामी दुवै पार्टीले सबै सम्मेदवार जिताउने संकल्प गरेका छौँ, ‘उनले भने, ‘कम्युनिष्ट सम्झेर भोट हाल्नुहोस ।’ नेकपा एमाले कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ्गले कम्युनिष्ट लड्दा काँग्रेसलाई लाभ हुने गरेको बताउदै अब बाम एकता भईसकेकाले काँग्रेसलाई समस्या भएको बताए । ‘तपाई आफ्नो टोल छिमेकमा गएर बामका उम्मेदवारलाई जिताउने अभियानमा खट्नुहोस, ‘उनले भने, ‘जसरी भए पनि हाम्रा संयुक्तका उम्मेदवार जिताउनुहोस ।’ एमाले कञ्चनपुरका सचिव सुरेन्द्र विष्टको सभापतित्वमा सम्पन्न भएको भेलाको संचालन नेकपा माओवादी कञ्चनपुरका नेता गगन रसायलीले संचालन गरेका थिए । 

कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्यका लागि वागी दिएका एमाले नेता हिरा विष्टले आफुले पार्टीको नीति, सिद्धान्त विपरित दिएको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । 

भेलामा एमाले नेता बिक्रम शाही, निरु पाल, नन्दलाल चटौत, ईश्वरी खरेल, राम कुमार ज्ञवाली, माओवादी नेताहरु टेकेन्द्र प्रशाद भट्ट, देविलाल चौधरी, कृष्ण दत्त जोशी, आनन्द सिह धामी, निरज विक, अमिन दहित लगायतको सहभागिता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो