कात्तिक २२, रोल्पा । नेपाली काँग्रेस रोल्पाले आसन्न निर्वाचनमा आफ्ना गतिविधिहरुलाई तीब्र बनाएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका उमेदवार एवम नेपाली काँग्रेस रोल्पाका सभापति तथा सिंचाई राज्य मन्त्री अमरसिंह पुन, प्रदेश सभा सदस्य रोल्पा १ का उमेदवार शेरबहादुर महरा लगायतको टोली आज बडाचौरमा पुगेको छ ।
उहाँहरुको साथमा संस्थापक सभापति सुरेन्द्र हमाल, पूर्व सभापति माधवप्रसाद आचार्य पूर्व सांसद लेखनाथ आचार्य सहितको टोली पुगेको छ । यस्तै क्षेत्र नं. २ मा यसअघि अमरसिंह पुन पुगेर आउनु भएको छ ।
क्षेत्र नं. २ को आजै दुईखोलीमा खगेन्द्रप्रकाश हमाल सहित बिभिन्न नेता तथा कार्यकर्ताहरु पुग्ने कार्यक्रम रहेको छ । नेपाली काँग्रेसले प्रचार प्रसारका गतिविधि बढाएसंगै स्थानीय मतदाताहरुमा उत्साह जागेको छ ।
बिहिबार भाबाङमा र सुलिचौरमा भेटघाट कार्यक्रम तय गरिएको नेपाली काँग्रेसका कार्यालय सचिव भीमबहादुर घर्तीले जानकारी दिनुभयो । २०७० सालको संविधान सभा निर्वाचनमा भन्दा गत स्थानीय तहको निर्वाचनमा रोल्पमा नेपाली कांग्रेसको पक्षमा हजारौं मत बृद्धि हुनुले नेपाली कांग्रेसलाई सकारात्मक सन्देश दिएको नेताहरुले बताएका छन् ।