ताराबहादुर महत । कार्तिक २२, दोलखा । बाम एकतालाई थप मजबुत बनाउन भन्दै संघिय समाजवादी फोरम दोलखाले नेकपा एमाले दोलखासँग पार्टी एकिकरण गरेको छ ।

आज विहान नेकपा एमालेको पार्टी कार्यालय चरिकोटमा आयोजित पार्टी एकता कार्यक्रमम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । कार्तिक २२, दोलखा । बाम एकतालाई थप मजबुत बनाउन भन्दै संघिय समाजवादी फोरम दोलखाले नेकपा एमाले दोलखासँग पार्टी एकिकरण गरेको छ ।

आज विहान नेकपा एमालेको पार्टी कार्यालय चरिकोटमा आयोजित पार्टी एकता कार्यक्रमम"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

संघिय समाजवादी फोरम दोलखा एमालेमा समाहित, काङ्ग्रेसका पुर्व नगर कोषाध्यक्ष पनि एमाले प्रवेश

२०७४, २२ कार्तिक बुधबार ०९:०२

ताराबहादुर महत । कार्तिक २२, दोलखा । बाम एकतालाई थप मजबुत बनाउन भन्दै संघिय समाजवादी फोरम दोलखाले नेकपा एमाले दोलखासँग पार्टी एकिकरण गरेको छ ।

आज विहान नेकपा एमालेको पार्टी कार्यालय चरिकोटमा आयोजित पार्टी एकता कार्यक्रममा एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले  पार्टी एकताको घोषणा गर्नुभएको हो । कार्यक्रममा संघिय समाजवादी फोरमका केन्द्रिय सदस्य तथा दोलखा र सिन्धुपाल्चोक जिल्लाका इन्चार्ज लक्ष्मण गुभाजु, जिल्ला अध्यक्ष इन्द्र तामाङ, उपाध्यष तथा प्रदेश सभा क्षेत्र नम्बर २ दोलखाका उम्मेद्वार टहल थामी, सचिव सोनाम शेर्पा, सहसचिव तथा प्रदेश सभा उम्मेद्वार प्रमिला श्रेष्ठ, सचिवालय सदस्यहरु नरबहादुर लामा, उद्धव थापा, रवि राउत, प्रदिप पाठक, विष्णु सुवेदी, कविता गिरी, राम शेर्पा लगायत केन्द्रदेखि जिल्ला तहका करिब ३ दर्जन नेताहरुसहितको टोलि एमालेमा समाहित भएको हो ।

बाम एकता आजको आवश्यकता भएको र देशकै समृद्ध जिल्ला निमार्ण गर्नका लागि आफूले उम्मेद्वारी फिर्ता लिएर बाम गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउन लागि परेको संघिय समाजवादी फोरम दोलखाबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार तथा संघिय समाजवादी फोरमका केन्द्रिय सदस्य लक्ष्मण गुभाजुले बताउनुभयो । स्थायी सरकार र विश्वमा नै नमुना नेपाल निमार्ण गर्ने काममा सहयोग पु¥याउन संघिय समाजवादी फोरमका अन्य जिल्ला कमिटीहरु पनि एमालेमा समाहित हुने क्रममा रहेको नेता गुभाजुले जानकारी दिनुभयो । जिल्लाका विभिन्न समस्याहरु आफ्नो पार्टीको केन्द्रमा लैजाँदा पनि पार्टी नेतृत्वले वेवास्ता गरेकोले आफूहरुले जिल्लामा पार्टी एकिकरण गरेको उहाँको भनाई छ ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै एमाले पोलिटब्युरो सदस्य तथा प्रदेशसभा दोलखा क्षेत्र नम्बर २ का उम्मेद्वार पशुपति चौँलागाईले बाम गठबन्धन नेपालको कम्युनिष्ट इतिहाँसमै सबैभन्दा महत्वपुर्ण काम भएको बताउनुभयो । संघिय समाजवादी फोरम एमालेमा समाहित भएकोमा खादा लगाएर स्वागत गर्दै नवप्रवेशीहरुलाई उपयुक्त जिम्मेवारी दिईने नेता चौँलागाईको भनाई थियो ।

यसैगरी कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार पार्वत गुरुङले जुँगु घटनाले बाम तालमेललाई कुनै असर नपर्ने दाबी गर्नुभयो । मंगलबार जुँगु पुगेर स्थानिय तह निर्वाचनका बेला ज्यान गुमाउन पुगेका एमाले कार्यकर्ता कुलबहादुर तामाङको परिवारसँग संयुक्त रुपमा बाम गठबन्धनका नेताहरु पार्वत गुरुङ, गंगा कार्की, देवी खड्का, विशाल खड्का लगायतले भेटघाट गरी उक्त घटना अप्रत्यासित रुपमा भएकोमा माफी मागेर आगामी दिनमा यस्ता घटना हुन नदिने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा पुर्व पर्यटनमन्त्री समेत रहनुभएका एमाले पुर्व सांसद आनन्दप्रसाद पोखरेलले सबै जाति, भाषाभाषी र धर्म संस्कार सम्बद्ध जनताको एकताको केन्द्र नेकपा एमाले मात्रै भएको दाबी गर्नुभयो । बामपन्थीहरुको एकता गरेर दोलखाबाट केन्द्रलाई नै सन्देश दिनको लागि केहि दिनमा नेकपा मालेसँग समेत एकिकरण गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो । तिन दिनअघि मात्र नयाँ शक्ति पार्टी नेपाल दोलखा केन्द्रिय सदस्यसहित एमाले दोलखामा समाहित भएको थियो ।

एकता कार्यक्रममा नेपाली काङ्ग्रेस भिमेश्वर नगर कमिटीका पुर्व कोषाध्यक्ष प्रकाश बस्नेत पनि एमालेमा प्रवेश गर्नुभएको छ । बस्नेतलाई नेकपा एमालेको संगठित सदस्यता प्रदान गर्दै एमाले पोलिटब्युरो सदस्य पशुपति चौँलागाँईले पार्टीमा स्वागत गर्नुभएको थियो ।

पार्टी एकिकरण भएपछि  जारी भएको विज्ञप्ती




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन