पोखरा २२ कार्तिक । प्रतिनिधि सभा र प्रदेश सभा निवाचनाका लागी कास्कीमा बाम गठबन्धनले विभिन्न चुनावी कार्यक्रम गरिरहेका छन् ।गठबन्धनका उम्मेवार कोही गाँउ र कोही शहरमा समुहगत र ब्यत्तिगत र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा २२ कार्तिक । प्रतिनिधि सभा र प्रदेश सभा निवाचनाका लागी कास्कीमा बाम गठबन्धनले विभिन्न चुनावी कार्यक्रम गरिरहेका छन् ।गठबन्धनका उम्मेवार कोही गाँउ र कोही शहरमा समुहगत र ब्यत्तिगत र"/>
२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सिक्लेसमा अधिकारी र गुरुङलाई भब्य स्वागत , फोटो सहित……

२०७४, २२ कार्तिक बुधबार १०:१९

पोखरा २२ कार्तिक । प्रतिनिधि सभा र प्रदेश सभा निवाचनाका लागी कास्कीमा बाम गठबन्धनले विभिन्न चुनावी कार्यक्रम गरिरहेका छन् ।गठबन्धनका उम्मेवार कोही गाँउ र कोही शहरमा समुहगत र ब्यत्तिगत रुपमा जनतासंग मत माग्न ब्यस्त छन् । कास्की क्षेत्र नम्वर १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार पूर्वमन्त्री खगराज अधिकारी र प्रदेश सभा सदस्य उम्मेदवार मत माग्न बुधबार पर्यटकीय गाँउ सिक्लेस पुगेका छन् ।उनीहरुलाई सिक्लेस पुग्दा जनताले भब्य स्वागत गरेका थिए ।



सिक्लेस प्रदेश सभाका उम्मेदवार मनबहादुर गुरुङको जन्मथलो भएकाले स्थानियले फुल र मालाले भब्य स्वागत गरे । फुलमालाले उम्मेदवार अधिकारी र गुरुङ मालाले पुरिएका थिए । त्यस्तै प्रदेश नम्वर २ का उम्मेदवार रविन्द्र अधिकारी पनि घरदैलोमै ब्यस्त भएका छन् । प्रदेश नम्वर ३ का उम्मेदवार जगत विश्वकर्माले बुधबार पोखराका वडा नम्वर १ बगरमा घरदैलो गदै मत मागि रहेका छन् ।प्रदेश सभा उम्मेदवार जीवन बराल पनि विश्वकर्मासंगै आफनो पक्षमा मत माग्न ब्यस्त छन् त्यस्तै प्रदेश सभा सदस्य राजीव पहारी बैदाम, मालेपाटन क्षेत्रमा मत माग्न ब्यस्त छन् । त्यस्तै काँग्रेस उम्मेवारहरु पनि घरदैलोमा जनतासंग मत माग्न ब्यस्त छन् । क्षेत्र नम्वर १ का प्रतिनिधि सभा उम्मेदवार एंव कानुनमन्त्री यज्ञबहादुर थापा पोखरा १० र १२ नम्वर वडामा मत माग्न ब्यस्त छन् ।


त्यस्तै प्रदेश सभा सदस्यहरु कृष्ण केसी, जीवन परियार, क्षेत्र नम्वर २ का प्रतिनिधि सभा उम्मेदवार देवराज चालिसे, प्रदेश सभा उम्मेदवार विन्दुकुमार थापा, गुरु बराल, क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा उम्मेदवार शुक्रराज शर्मा, प्रदेश सभा उम्मेदवार सिकन्दर गुरुङ र शारदा पौडेल पनि घरदैलोमा ब्यस्त छन् । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश