९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेश हितमा वकालत गर्ने दल काँग्रेस मत्र हो: देउवा

२२ कार्तिक २०७४, बुधबार ११:०३

कात्तिक २२, जनकपुरधाम । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस मधेश र मधेशीको हितमा सधैँ वकालत गर्ने दल भएको बताउनुभएको छ । 

नेका जिल्ला कार्यसमिति धनुषाद्वारा आज जनकपुरधाममा आयोजित कार्यकर्ता भेलामा बोल्दै उहाँले मधेशका मुद्दा सम्बोधन गर्न संविधान संशोधनका लागि खेल्नुपर्ने अग्रणी भूमिका पनि काँग्रेसको काँधमा रहेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो – “सबैको अस्तित्वको सम्मान र रक्षाका लागि काँग्रेस सधैँं संवेदनशील रहेको छ । जनताको अस्तित्वसँग खेलवाड गर्न उद्यत रहेकोप्रति सबै सजग हुनु जरूरी छ । ” 

जनकपुरधाम र मधेसको विकासका सवालमा काँगे्रस सरकारले विशेष योजना कार्यान्वयन गरेको प्रशंग पनि उहाँले उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो – “बाढीपीडितलाई यथोचित राहत र बाढी समस्याको दीर्घकालीन समाधानका लागि पनि सरकारले योजना अघि सारेको छ ।” 

नेकाका पूर्व महामन्त्री विमलेन्द्र निधिले काँगे्रसकै पहल र सक्रियतामा जनकपुरधाममा सडक विस्तार, सडक स्तरोन्नति, मणिमण्डप विकास योजना, पोखरी संरक्षण योजना र राजर्षिजनक विश्वविद्यालय स्थापना विधेयक पारित भएको बताउनुभयो । कार्यक्रम जिल्ला सभापति रामसरोज यादवको अध्यक्षतामा भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो