२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारी गाडीको दुरुपयोग गर्दै राज्यमन्त्री चौधरी चुनावी प्रचारमा

२०७४, २२ कार्तिक बुधबार १५:२५

कात्तिक २२, कैलाली । नेपाल सरकारका संघीय मामिला तथा स्थानीय बिकास मन्त्री जनक चौधरी सरकारी गाडीको दुरुपयोग गर्दै चुनावी अभियानमा लागेका छन् ।

२०७० को संबिधान सभाको दोश्रो चुनावमा कैलाली क्षेत्र नं १ बाट लोकतान्त्रिक फोरमबाट बिजय भएर सभासद् भएका चौधरी अहिल राज्यमन्त्री सम्म पुगेका छन् । पछिल्लो राजनितिक घटनाक्रमले कम्युनिष्टहरु एक भएका बाम गठबन्धन भए पछि लोकतान्त्रिक फोरम पनि नेपाली कांग्रेसमा बिलय भएर लोकतान्त्रिक गठबन्धन भएको छ । 


यसै बेला नेपाल भरी नै बामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनको यही मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उच्च चर्चा रहेको बेला राज्यको एक जिम्मेवारी ब्यक्तिले राज्यकै सम्पतिलाई प्रयोग गरी पार्टीगत प्रचारमा हिड्नु नराम्रो भएको जनताको गुनासो छ ।

राज्यमन्त्री चौधरी बुधबार चुनावी छलफलका लागि सरकारी गाडीको प्रयोग गर्दै जोशीपुर गाउँपालिकाको कार्यालयमा पुगेका हुन । बा १ झ ९८४७ नम्बरको सरकारी गाडीलाई गाउँपालिका कार्यालय बाहिर राखेर चौधरी भित्र कार्यलयमा एक माला पहिरिएर बसेका थिए । 


वडा नम्बर १ का वडाध्यक्ष बिधिराम चौधरीले गरेको उक्त सम्मान कार्यक्रममा बोल्दै चौधरीले भने- "लेटिटसहरु फस्टाएको मुलुकमा दरिद्रता मात्र हुन्छ, त्यस्तै बामहरु फस्टाइको मुलुकमा पनि दरिद्रता उत्पन्न हुन्छ, त्यसैले अब सबैले लोकतान्त्रिक गठबन्धनलाई जिताउनु पर्छ, अनि मात्र देश बिकास हुन्छ ।" 

सम्मान कार्यक्रममा उपस्थित मन्त्री चौधरीले चुनावी कार्यक्रमहरु सरकारी गाडीको दुरुपयोग गरेको भन्दै जोशीपुर गाउँपालिका वडा नं १ का जनताले  मन्त्रीको चर्को अआलोचना गरेका छन । यज्ञराज उपाध्यायको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन