९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई गठबन्धनलाई टक्कर दिने आयो अर्को प्रगतिशील लोकतान्त्रिक गठबन्धन

२२ कार्तिक २०७४, बुधबार १६:१३

कात्तिक २२, काठमाडौँ । नेकपा (माले), जनसमाजवादी पार्टी तथा फोरम लोकतान्त्रिक, राष्ट्रिय जनता पार्टी नेपाल, नेकपा (एमाले) तथा नेपाली काँग्रेस परित्याग गरेका नेता कार्यकर्ता सम्मिलित प्रगतिशील लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको छ । 

रिपोर्टस क्लबमा आज आयोजित पत्रकार सम्मेलनमा मालेका महासचिव सिपी मैनालीले सो जानकारी दिनुभयो । मैनालीको नेतृत्वमा रहेको नवगठित प्रगतिशील लोकतान्त्रिक गठबन्धनमा जनसमाजवादी पार्टीका अध्यक्ष सुभाष काफले, नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय उपाध्यक्ष धिरेन्द्र झा, केन्द्रीय सदस्य दीपककुमार लाभ, राजपा पर्साका सत्यनारायण रौनियार, जिल्ला उपाध्यक्ष सन्तोषकुमार साह, सो पार्टीको पर्सा जिल्ला महिला संगठनका अध्यक्ष अनिता रौनियार, एमाले बाराका सदस्य शिवनाथ महतो, नयाँ शक्ति पार्टी नेपालका किसुन राउत अहित तथा तरुण दल जिल्ला सदस्य जितेन्द्रकुमार सिंह आबद्ध हुनुभएको छ । 

उहाँहरुले संयुक्त विज्ञप्ति जारी गरी आफ्नो स्वार्थ मात्र हेर्ने संकीर्ण नीतिबाट आजित भएर आफूहरुले नयाँ गठबन्धन बनाएको र मालेको चुनाव चिह्न हँसिया तारा लिएर निर्वाचनमा जाने उल्लेख गर्नुभएको छ । 

सो अवसरमा महासचिव मैनालीले मुलुकको आर्थिक विकासका लागि भन्दा पनि सत्ता स्वार्थका लागि वामपन्थी र लोकतान्त्रिक गठबन्धन बनाएको आरोप लगाउँदै ती गठबन्धनबाट देशको हित नहुने भएकाले आफूहरुले प्रगतिशील गठबन्धन निर्माण गरेको दाबी गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो