२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा आठजना महिला चुनावी मैदानमा, कुन पार्टीबाट को ?

२३ कार्तिक २०७४, बिहीबार ०६:५५

कात्तिक २३, दाङ । मंसिर २१ गते हुनगइरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ दाङबाट आठजना महिला चुनावी मैदानमा उत्रिएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङका अनुसार प्रतिनिधि सभा सदस्यमा चार र प्रदेश सभा सदस्यमा चार गरी जम्मा आठ जना महिला चुनावी मैदानमा उत्रेका हुन् । 

यसरी चुनावी मैदानमा उत्रिनेमा प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नं १ बाट नेपाली काँग्रसबाट सुशीला चौधरी, प्रतिनिधि सभा सदस्यका लागि सोही क्षेत्रबाट नेकपा (माले)बाट रेखा केसी, दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका लागि मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट दिलमाया बुचा र प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नं ३ बाट राष्ट्रिय जनमोर्चाबाट कमला जिसी चुनावी मैदानमा उत्रिनु भएको हो । 

त्यसैगरी, प्रदेश सभा सदस्यका लागि दाङ क्षेत्र नं १ (क) बाट नेकपा (माले)का सविता जिसी (पाण्डे), दाङ क्षेत्र नं २ (क) बाट राष्ट्रिय जनमुक्ति पार्टीका आशा नेपाली, क्षेत्र २ (क) बाट नै नयाँशक्ति पार्टीका पद्मा बानियाँ र दाङ क्षेत्र नं ३ क बाट राष्ट्रिय जनमुक्ति पार्टीका लिला पहाडी चुनावी प्रतिष्पर्धामा रहनुभएको छ । 

दाङमा प्रतिनिधि सभा सदस्यका लागि चार महिलासहित जम्मा ३० जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् भने प्रदेश सभा सदस्यका लागि पनि चार महिलासहित जम्मा ५१ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ