९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धनको सरकार निर्माण हुन्छ: श्रेष्ठ

२३ कार्तिक २०७४, बिहीबार ०७:२१

कात्तिक २३, काठमाडौँ । नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले आगामी मंसिरमा हुने निर्वाचनले देशमा संयुक्त वाम गठबन्धनको सरकार निर्माण हुने बताउनुभएको छ । 

नेकपा (माओवादी केन्द्र) ले नागार्जुन नपा–९ स्युचाटारमा आज आयोजना गरेको कार्यक्रममा उहाँले मुलुकमा पूर्वाधार विकास तथा आर्थिक समृद्धि कायम गर्न सरकारको स्थायित्वको खाँचो औँल्याउँदै त्यसका लागि संयुक्त वाम गठबन्धनको औचित्यलाई जनताले निर्वाचनमा पुष्टि गर्ने विश्वास व्यक्त गर्नुभयो । 

आर्थिक रुपले पिछडिएका क्षेत्र, वर्ग, अल्पसंख्यकलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिँदै एमालेको नेतृत्वमा वाम सरकार गठन भएपछि पिछडिएको वर्गको उत्थानका लागि विभिन्न आर्थिक परियोजनाका कार्यक्रम ल्याउने बताउनुभयो । प्रत्येक वडामा १० श्ययाको अस्पताल निर्माणको योजना रहेको उहाँको भनाइ थियो । 

प्रदेश नं (ख) का उम्मेदवार केशवप्रसाद पोखरेलले संयुक्त वाम गठबन्धनका विरुद्ध अनेक खालका षडयन्त्र शुरु हुन थालेकामा त्यसतर्फ चनाखो हुन आग्रह गर्नुभयो । 

नेकपा (माओवादी केन्द्र) का समानुपातिक उम्मेदवार सुभद्रा भुजेलले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको विकासमा लगानी वृद्धि गरी पर्याप्त रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो