२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धन जनपक्षिय उम्मेदवार हुन, जनताको जित हुन्छ: विष्ट

२०७४, २३ कार्तिक बिहीबार १३:०१

प्रेम सुनार/कात्तिक २३, गुल्मी ।  गुल्मी क्षेत्र नम्वर २ का वाम गठबन्धनका  प्रतिनिधी सभाका उमेदवार गोकर्णराज विष्टले वामगठबन्धनका सवै  उमेदवारहरु जनपक्षिय  भएको र उनिहरुको  जित  नै जनताको जित भएको बताएका छन् ।

रेसुङ्गा नगरपालिका वडा नम्वर ५ लामडाँडाको चुनावी सभालाई सम्वोधन गर्दैं उनले  भने –‘ विभेदमा परेका गरिव निमुखा जनताका लागि हामी वामगठबन्धनका उमेदवारहरु साझा र जनपक्षिय उमेदवार हौं, ति वर्ग समुदायबाट आफुहरु भारी मतले विजयी हुने शुनिश्चित भई सकेको छ ।’

उनले सामाजिक न्याय, समानता, स्थिर सरकार र समृद्धि मुलुक निमार्णका लागि वामगठबन्धनलाई विजयी बनाएर आफु जनताको सरकार बनाउने श्रमजिवी जनताका लागि यो ऐतिहाँसिक अवसर भएको बताए   । उनले यो ऐतिहाँसिक अवसरलाई नगुमाउन अग्रह गदै  वामगठबन्धनका जनपक्षिय उमेदवारलाई जिताएर आफुले् चाहेको मुक्तिको बाटो अंगाल्न समेत आग्रह गरे ।


गुल्मी क्षेत्र नम्वर २  स्थानिय तहको निर्वाचनमा काग्रेस भन्दा वामगठबन्धन १३ हजार मतले अगाडी रहेको बताउँदै उनले त्यसको दोव्वर मत ल्याएर जित्ने दावि गरे । उमेदवार विष्टले  रेसुङ्गा नगरपालिका भित्र केहि वडाहरु अझै पनि बत्ति मुनीको अँध्यरो भने झै भएको बताउँदै अव जसरी विगतमा साविकको क्षेत्र नम्वर ३ ले विकास पायो त्यसरी नै रेसुङ्गा नगरपालिवासीले विकास पाउने उद्घोष गरे  ।

वडा नम्वर ५ को लामडाँडा लगायतका गाउँहरुमा मोटर बाटाको हरिविजोग देखेर आफु अचम्वीत भएको बताउँदै उनले स्थानियवासीलाई सुविधा सम्पन्न सडक बनाई दिने र लिफ्टीङ्ग सिस्टम खानेपानी योजना पारेर सिंचाईको व्यवस्था समेत कृषकलाई मिलाउने बताए ।

बृद्ध भत्ता एकल महिला भत्ता अपाङ्ग भत्ता मात्र होईन भने सुत्केरी भत्ता समेत मासिक ५ हजार बनाउने वामगठबन्धनको संयुक्त चुनावी एजेण्डा रहेको जानकारी दिए । एमालेका प्रभावशाली नेता समेत रहेका विष्टले आजै रेसुङ्गा नगरपालिका वडा नम्वर ६ को वृहत चुनावी सभालाई समेत सम्वोधन गरेका छन् ।

संयुक्त चुनावी सभामा क्षेत्र नम्वर २ प्रदेश क का उमेदवार खड्क केसी, माओवादी केन्द्रका जिल्ला संयोजक विरबहादुर कार्क , रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल,  नेकपा एमालेका सचिवालय सदस्य गणेश श्रीपाली, वडा नम्वर ५ का वडाध्यक्ष गनबहादुर गुरुङ्ग लगायतका नेताहरुले सम्वोधन गरेका थिए ।

वडा नम्वर ५ मा तेजप्रसाद खनालको अध्यक्षता र गणेश मरासीनीको सञ्चालन रहेको थियो भने वडा नम्वर ६ मा रामप्रसाद मरासीनीको अध्यक्षता र हरिप्रसाद पोखरेलको सञ्चालन रहेको थियो । उक्त वडा गत स्थानिय निर्वाचनमा नेकपा एमाले एक्लैले कांग्रेस भन्दा चार सय मत बढिले जितेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन