३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाव पैसाले होईन जनताको विश्वासले जित्छु: छन्द पहराई

२३ कार्तिक २०७४, बिहीबार १३:११

प्रेम सुनार/कात्तिक २३, गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा नं. २ मा नेपाली काँगे्रस नेता तथा उम्मेदवार छन्द बहादुर पहराईलाई विजयी गराउनका लागी चुनावी प्रचार प्रसार अभियान सुरु भएको छ। 

उक्त चुनाव प्रचार प्रसार अभियान मालिका गाउँपालिका वडा नं. १ नेटाबाट सुरु भएको छ। चुनाव प्रचार प्रसार उक्त अभियान कार्यक्रममा उम्मेदवार पहराईले स्थानीय कार्यकर्ता भेटघाट तथा स्थानीय बासिन्दाहरुलाई भेट्न घरदैलो कार्यक्रम राखेका  छन् । 

उम्मेदवार पहराई लामो समय देखि गुल्मीमै क्रियाशिल रहेर स्थानीय रुपमा विकास निर्माणका कार्यलाई अगाडी बढाएका हुनाले बामगठबन्धनलाई हजारौं मतले पछाडी पार्दै चुनाब जित्ने दावि गर्दछन् ।  उक्त अभियान कार्यक्रममा पहराईको उम्मेदवारी देखेर गरिब सामान्य परिवारका युवाहरु पनि समाज सेवामा लाग्ने र समाजलाई परिवर्तन गर्न उत्साहित भएका छन। 


उक्त अभियानको क्रममा पहराईले भने –‘जनताले काम गर्नेलाई चुन्नु अत्यावश्यक रहेको  केही समस्याहरु भएमा आफुलाई बताउन आग्रह गरेका थिए । अभियानको क्रममा उम्मेदवार पहराईले भने जनताहरु गफ गर्ने र झुठा आश्वसन्न देखाउनेको पछाडी होईन काम गर्नेको पछाडी लाग्न आग्रह गरेका छन। उम्मेदवार पहराईले थपे म यो भन्दा पहिले नै  जनताको साथमा रहेर काम गर्ने गर्थे भन्दै वामपन्थीहरुलाई भारी मतले पछाडी पारेर जित्ने दावि गरेका छन् ।

उनले दल विचार नभनि आफुले जिल्लामा गरेको समाज सेवाको सम्मानस्वरुप गरिव , दलित किशान मजदुर र युवा पिढिले आफुलाई जिताउने दावि गर्दै आएका छन् । उनि ईमान्दार , निष्ठावान र जनता प्रति उत्तरदायि नेता मध्येका एक मानिन्छन् । 

समाजिक सञ्जालमा उमेदवार पहराईले लेखेका छन मैले चुनाव पैसा र झुटो आश्वासनले होईन जनताको  माया – मम, विस्वास र इमानदारीताले जित्दै छु । उनले थपेका छन्  इतिहासले कोल्टे फेर्नेछ यसपाली नेपाली जनताले लोकतान्त्रिक शक्तिलाई विजय बनाउनुहुनेछ । चुनाबी अभियानमा जनताले मलाई दिएको माया प्रती उच्च सम्मान गर्दै विस्वासमा परिणत गर्ने प्रण गर्दछु। 

चुनाव प्रचार प्रसार अभियान कार्यक्रममा साविकका प्रत्येक गाविस बाट सम्मान जनक उस्थित रहेको थियो । उक्त अभियानका क्रममा उम्मेदवार पहराई नेटाको सम्पूर्ण घरमा पुगेका थिए। उक्त अभियान कार्यक्रममा उम्मेदवार पहराईलाई सम्पूर्ण गरिब, दलित, जनजाति, किसान, मजदुर र यूवकको मनमा बसेको महसुस गरेका थिए।

 चुनाव प्रचार प्रसार अभियान तथा कार्यकर्ता भेटघाटको क्रममा महासमिति सदस्य पे्रम भण्डारी, इन्द्र बहादुर घर्ति र ज्ञानबहादुर कार्की लगायतका नेता कार्यकर्ताको उपस्थित रहेको थियो। चुनाव प्रचार प्रसार अभियानको क्रममा उम्मेदवार पहराईले समृद्ध गुल्मी निर्माणको लागी आफ्नो उम्मेदवारी भएको बतएका छन। 

उनले जिल्लालाई विकासमा नमुना बनाउने उद्धेश्य, योजना र कार्यनीति सहित आफु चुनावमा होमिएको कारण जनताले मत दिनुपर्ने बताएका छन। उनले जनतको मतद्वारा आफुलाई जिम्मेवारी प्रदान गर्न आग्रह गर्दै विजय पश्चात आफु जनताको मत खेर गएको भन्ने अनुभुती हुन नदिने बताएका छन।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन