३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा कांग्रेसले सुरु गर्यो चन्द्र केसी जिताउ अभियान

२३ कार्तिक २०७४, बिहीबार १३:२५

प्रेम सुनार/कात्तिक २३, गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नं. २ मा नेपाली काँग्रेसको नेता तथा प्रतिनिधि सभाका उम्मेदवार चन्द्र के.सी. लाई विजयी गराउनका लागी यहाँका काग्रेसजनले चन्द्र के.सी. जिताउ अभियान सुरु भएको छ। उक्त अभियान उम्मेदवार के.सी.ले आफ्नै स्थान रेसुङ्गा नगरपालीका वडा नं. ३ बाट सुरु गरेका हुन्।


उक्त अभियान कार्यक्रममा नेकपा एमाले परित्याग गरी तिलक बहादुर के.सी. लगायत १० जनाको समुह नेपाली काँग्रेसमा प्रवेश गरेका छन। अभियान कार्यक्रममा स्थानीय कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार प्रसारलाई अति तीव्र रुपमा अगाडी बढाउने उम्मेदवार के.सी.ले बताएका छन।

पुर्व जिविस सभापति तथा नेपाली कांग्रेसका पुर्व पार्टी सभापति केसी यसपालि साविकको क्षेत्र नम्वर ३ का जनताले नयाँ नेता खोजेको दावि गर्दै भने– ‘दुई तिन कार्यकाल गोकर्ण विष्ट जि जित्नु भयो अव उहाँले मलाई पालो दिनु हुन्छ र दिनु पनि पर्छ ।’

उक्त प्रतिनिधि सभा उम्मेदवार चन्द्र के.सी. प्रदेश सभा नं. १ का उम्मेदवार शालीक पन्थी, पार्टी जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ, सचिव खिलध्वज पन्थी, सचिव विष्ष्णु सापकोटा, पुर्व क्षेत्रीय सभापति दामोदर भुसाल, क्षेत्रीय सभापति भगत खड्का, क्षेत्रीय सचिव पुर्ण बहादुर के.सी. नेबिसंघ नेता रोशन सिंह ठकुरी तथा बिक्रम पन्थी सहितको टोली प्रचार अभियानमा लागेको छ।


उनिहरुले देबिस्थान, पेगा, ठुलापोखरा, तोलादी, आरुपाटा, झेंदी, लगायतका स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरेका थिए। घरदैलो अभियानको क्रममा जनताहरुले खानेपानी मोटरबाटो, बिद्यालयका समस्याहरुको विषयमा उम्मेदवारहरुसँग माग राखेका थिए। े उम्मेदवारहरुले आफ्ना भावी योजनाहरुसँगै ती विषयमा समाधान गर्ने कुरा बताएका छन।

कार्यक्रमको अवसरमा बोल्दै उम्मेदवारहरु के.सी. र पन्थीले समृद्ध गुल्मी निर्माणको लागी आफ्नो उम्मेदवारी भएको बतएका छन। उनिहरुले जिल्लालाई विकासमा नमुना बनाउने उद्धेश्य, योजना र कार्यनीति सहित आफुहरु चुनावमा होमिएको कारण जनताले मत दिनुपर्ने बताएकाछन। उनिहरुले जनतको मतद्वाराआफुलाई जिम्मेवारी प्रदान गर्न आग्रह गर्दै विजय पश्चात आफुहरु जनताको मत खेर गएको भन्ने अनुभुती हुन नदिने बताएका छन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन