२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राजपाका ठूला नेताले गृह जिल्ला सर्लाही छाडे

२४ कार्तिक २०७४, शुक्रबार ०९:०८

कात्तिक २४, सर्लाही | दोश्रो चरन्क्को निर्वाचन अन्तर्गत सर्लाही जिल्ला दोस्रो चरणमा मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभा चुनाव हुँदैछ । निर्वाचनको लागि अब केहि साता मात्र बाँकी छँदा यहाँ निर्वाचनको चहलपहल सुरु भएको छ । सर्लाही जिल्लामा नेपाली कांग्रेसले साना दलसँग केही निर्वाचन क्षेत्रमा गठबन्धन गरे पनि धेरै स्थानमा एक्लै प्रतिस्पर्धा गर्ने तयारी गरेको छ। 

देशभर गठबन्धनमा बाँधिएको एमाले माओवादीले सर्लाहीमा पनि चुनावी चहलपहल सुरु गरिसकेका छन् । राष्ट्रिय जनता पार्टी राजपाको केन्द्र मानिएको यस जिल्लामा एक जना मात्र अध्यक्ष मण्डलका नेता महेन्द्र राय सर्लाही–२ बाट चुनावी मैदानमा छन् । रापजाका अन्य ठूला नेताले भने गृह जिल्ला सर्लाही छाडेर चुनाव जित्न सजिलो हुने स्थानतर्फ बसार्इ सरेका छन्। यस पटक जिल्लाका अरु तीन निर्वाचन क्षेत्रमा राजपाका केन्द्रीय तहका नेताले थाकथलो छोडेपछि स्थानीय नेताले सहभागिता जनाएका छन् ।

राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर महोतरी ३ र अर्को नेता राजेन्द्र महतो धनुषा १ बाट चुनावी मैदानमा देखिनु भएको छ । राजपाका ठूला नेताले जिल्ला छाडेपछी सर्लाही जिल्लामा राजपाको उपस्थिती कमजोर हुने अनुमान सुरु भएको छ ।

यसअघिको सविधानसभा चुनावमा राजपाका अध्यक्ष महन्थ ठाकुर सर्लाही ६ र  नेता राजेन्द्र महतो सर्लाही ४ बाट सविधानसभा चुनावमा सहभागी भएका थिए । महतो २०६४ को चुनावमा सद्भावनाबाट निर्वाचित हुनुभएको थियो भने ७० सालको चुनावमा हालका राजपाका नेता महेन्द्र रायसँग पराजित भएका थिए ।

अध्यक्ष ठाकुर २०६४ को संविधानसभा चुनावमा सर्लाही ६ बाट अहिलेका वाम गठबन्धनका उम्मेदवार शिवपुजन रायसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव