प्रेम सुनार | कात्तिक २४, गुल्मी | नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्वर २ का उमेदवार गोकर्णराज विष्टले यसपाली वाम गठबन्धन वाहेकमा मत हाल्ने मतदाताको मत खेर जाने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | कात्तिक २४, गुल्मी | नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्वर २ का उमेदवार गोकर्णराज विष्टले यसपाली वाम गठबन्धन वाहेकमा मत हाल्ने मतदाताको मत खेर जाने "/>
२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुर्य र हसियाँ हथौडा बाहेक अन्त मत हाले त्यसै खेर जाने ठोकुवा

२०७४, २४ कार्तिक शुक्रबार १०:२५

प्रेम सुनार | कात्तिक २४, गुल्मी | नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्वर २ का उमेदवार गोकर्णराज विष्टले यसपाली वाम गठबन्धनको सुर्य र हसियाँ हथौडा बाहेक मत हाल्ने मतदाताको मत खेर जाने ठोकुवा गरेका छन् धुर्कोट गाउँपालिका १ नयाँगाउ नेकपा एमाले र माओवादी केन्द्रले आयोजना गरेको सयुक्त चुनावी कार्यक्रमलाई सम्बोधन गदै उमेदवार  बिष्टले यस्तो ठोकुवा गरेका हुन् । 

गुल्मीको मात्र कुरा नगरौं सिङ्गो देश नै वामपन्थी मय भई सक्यो नेता विष्टले भने विगतमा अरु पार्टीमा  मत हाल्नेहरुले पनि अहिले वाम गठबन्धनको सुर्य चिन्ह र हँसिया हतौडामा भोट हालौं अन्यत्र भोट हाल्नु भयो भने तपाईको अमुल्य मत त्यसै खेर जाने निश्चित छ ।

उनले गभै देखि मर्ने वेला सम्म धर्म माने झै अव कुनै पार्टी मान्ने जमना गएको भन्दै उनले सर्वसाधरणलाई अव परिवर्तनका पक्षधर जो छ त्यसैलाई रोज्न सुझाव दिए । वामपन्थी उमेदवार नै अहिलेको जनपक्षिय उमेदवार भएको कुरा दोहराउँदै नेता विष्टले जनपक्षियहरुका पछाडी नलाग्नेहरु पुरातनवादीका रुपमा एक्लीने चेतावानी समेत दिए ।  देशभरका १ सय ६५ निर्वाचन क्षेत्र मध्ये नेपाली काग्रेस लगायत अन्य केही राजनितीक दलहरुको जम्मा ११ वटा निर्वाचन क्षेत्रमा बहुमत देखिन्छ उनले भने‘ हामी १ सय ५४ निर्वाचन क्षेत्रमा बहुमतमा छौ, वाम गठबन्धनको पूर्ण बहुमत आउछँ ।’

 नेता बिष्टले आफ्ना केही चुनावी एजेण्डा समेत सार्वजनिक गदै आफ्नो क्षेत्रमा शुद्ध पिउने पानी, निःशुल्क स्वास्थ्य सेवाको पहुँच पुर्याउने,स्थानीय सडकहरूको स्तरोन्नती लगायत नयाँगाउँ पिपलधारलाई सुन्तला बगैचाको रुपमा विकास गर्ने समेत योजना रहेको बताए । विष्ट २०५६ साल र २०७० सालको निर्वाचनमा गुल्मी क्षेत्र नम्बर ३ वाट प्रतिनिधि सभामा निर्वा्चित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ