प्रेम सुनार | कात्तिक २४, गुल्मी | गुल्मी निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा नं. २ मा नेपाली कांग्रेस नेता तथा उम्मेदवार छन्द बहादुर पहराईलाई विजयी गराउनका लागी चुनावी प्रचार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | कात्तिक २४, गुल्मी | गुल्मी निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा नं. २ मा नेपाली कांग्रेस नेता तथा उम्मेदवार छन्द बहादुर पहराईलाई विजयी गराउनका लागी चुनावी प्रचार "/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

विकासमा काम हुनुपर्छ भाषण होईनः छन्द पहराई

२४ कार्तिक २०७४, शुक्रबार ११:३७

प्रेम सुनार | कात्तिक २४, गुल्मी | गुल्मी निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा नं. २ मा नेपाली कांग्रेस नेता तथा उम्मेदवार छन्द बहादुर पहराईलाई विजयी गराउनका लागी चुनावी प्रचार प्रसार अभियान  कात्तिक २२ गते देखी सुरु भएको छ। उक्त चुनाव प्रचार प्रसार अभियान तथा स्थानीय कार्यकर्ता भेटघाट कार्यक्रम मालिका गाउँपालिका वडा नं. २ को दर्लिङ्ग हुदैं पाटाखर्क, दुनाम र सिरुखर्कमा सम्पन्न भएको छ।

उक्त अभियान कार्यक्रममा उम्मेदवार पहराईले स्थानीय कार्यकर्ता भेटघाट तथा स्थानीय बासिन्दाहरुलाई भेट्न घरदैलो कार्यक्रम राखेका थिए। उक्त अभियानका क्रममा उम्मेदवार पहराई दर्लिङ्गका सम्पूर्ण घरमा पुगेका थिए। चुनाव प्रचार प्रसार अभियान तथा कार्यकर्ता भेटघाटको क्रममा महासमिति सदस्य पे्रम भण्डारी, इन्द्र बहादुर घर्ति, ज्ञानबहादुर कार्की र नेविसंघ नेता तथा रेसुङ्गा बहुमुखी क्याम्पस नेविसंघ सभापति अर्जुन पोखरेल लगायतका नेता कार्यकर्ताको उपस्थित रहेको थियो। विकासमा काम हुनुपर्छ भाषण होईन भन्ने बिशेष मान्यता सहित उम्मेदवार पहराईले चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रम गरेको बताएका छन।

चुनाव प्रचार प्रसार अभियानको क्रममा उम्मेदवार पहराईले समृद्ध गुल्मी निर्माणको लागी आफ्नो उम्मेदवारी भएको बताएका छन। उम्मेदवार पहराईले यसपाली नेपाली जनताले लोकतान्त्रीक शक्तीलाई विजय बनाउनुहुने छ भन्ने आशा व्यक्त गरेका थिए। उम्मेदवार पहराईले  जनताको चाहना र इच्छा विपरीत कुनै पनि काम गर्न नसक्ने बताएका छन।  उम्मेदवार पहराईले भने –‘ चुनाव हार्नु र जित्नु ठुलो कुरा हाइन हामिले हाम्रो राजनिती जिति सक्यौ नैतिकता इमानदारीता र जनताको सामिप्यतामा रहि काम गर्ने छौ  । ’

घरदैलो अभियानको क्रममा जनताहरुले खानेपानी मोटरबाटो, बिद्यालयका समस्याहरुको विषयमा उम्मेदवार पहराईसँग माग राखेका थिए। भने उम्मेदवार पहराईले आफ्ना भावी योजनाहरुसँगै ती विषयमा समाधान गर्ने कुरा बताएका छन।

उम्मेदवार पहराईले गरिब, दलित, जनजाती, किसान, मजदुर र युवक सम्पूर्णलाई समान अबसर दिने, स्वास्थ्य, शिक्षा विकास निर्माणका कार्यलाई नियमितता दिनको लागी गुल्मी निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा नं. २ मा नेपाली काँग्रेस तर्फबाट उम्मेदवारी दिएको, पटक पटक यस क्षेत्रका जनताहरु नझुक्किने र यसपटक नेपाली काँग्रसका उम्मेदवारहरुलाई विजयी बनाई समृद्ध गुल्मी निर्माणको अभियानमा लाग्ने बताएका छन। उम्मेदवार पहराईले जनताको मतद्वारा आफुलाई जिम्मेवारी प्रदान गर्न आग्रह गर्दै विजय पश्चात आफु जनताको मत खेर गएको भन्ने अनुभुती हुन नदिने बताएका छन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु