२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै संगठन जोगाउन नसक्ने कांग्रेसले देश जोगाउँला ? : ज्ञावाली

२४ कार्तिक २०७४, शुक्रबार ११:४१

प्रेम सुनार | कात्तिक २४, गुल्मी । नेकपा एमालेका सचिव  तथा गुल्मी क्षेत्र नम्वर १ का वामगठबन्धनका उमेदवार प्रदिपकुमार ज्ञवालीले आफ्नै संगठन समेत जोगाउन नसकेको नेपाली कांग्रेसले अब देश जोगाउन सक्ला ? भनेर प्रति प्रश्न गरेका छन् ।

चन्द्रकोट गाउँपालिकाको हरेवामा अगुवा कार्यकर्ताहरुलाई सम्वोधन गर्दै नेता ज्ञवालीले  कांग्रेस प्रति यस्तो प्रश्न चिन्ह खडा गरेका हुन् । उनले भने–‘२०१५ साल देखि देशैभर वहुमतमा रहेको कांग्रेसले २०४६ पछि राजा संग मिलेर सत्ताको वागडोर सम्हाले पनि जनताको समस्या हल गर्न नसके  पछि  कांग्रेसलाई जनताले आशा भरोसा गर्न छाडेर  उसको संगठन  अहिले   दयानिय अवस्थामा पुगेको हो ।’

‘सर्वहारा  वर्गको प्रतिनिधीत्व गर्ने कम्युनिष्टहरुलाई रोक्ने र उसको आन्दोलनलाई भ्रमित पार्न   ६० वर्ष पुगे पछि कम्युनिष्टले गोली ठोकेर  मार्छन भन्ने यहि कांग्रेस होईन ?’–उनले यस्तो  प्रति प्रश्न गर्दै भने–‘कम्युनिष्टहरुले मार्ने होईन बृद्ध बृद्धाहरुको सम्मान गर्दै आएका  छन् ।’

उनले थपे –‘२०४६ साल पछि  बृद्धहरुलाई हामी कम्युनिष्टहरु संग डराउन हालेको कांग्रेस संग बृद्धहरु अहिले डराउँ छन् , भाग्छन् हामीलाई आर्शिवाद दिदै आएका छन् ।’  झुटो प्रचारवाजी गरेर जनतालाई भ्रमित नपार्न चेतावानी दिदै नेता ज्ञवालीले बरु विग्रिदै र दयानिय बन्दै गएको भन्दै आफ्नो संगठन बनाउन सुझाव दिए । 

वामगठबन्धनको दुई तिहाई वहुमत सहितको सरकार बने पछि बृद्ध भत्तालाई ५ हजार पुराउने , एकल महिला अपाङ्ग र सुत्केरी भत्ता समेत ५ हजार उपलव्ध गराउने र किशानलाई  पनि पेन्सन दिने सोही क्षेत्र प्रदेश १ का उमेदवार सुदर्शन बरालले बताए ।

उनले २०६४ सालको निर्वाचन पछि बनेको माओवादी सरकारले कृषि विकास बैंकको ऋण तिर्न नसकेर घर खेत हुने अवस्थामा रहेका किशानहरुलाई ऋण मुक्त गराई दिएको माओवादीको गुन नविर्सन समेत आग्रह गरे  ।

उनले थपे–‘हिजो हामीले  गाउँ गाउँमा अवैधानिक जनसरकारको अभ्यास गरेका थियौं  जुन अहिल बैधानिकता पायो र स्थानिय तह निमार्ण भयो  , यो पनि नर्विसन उनले आग्रह गरे ।  यो देश बनाउने जनताको अपेक्षा पुरा गर्ने कुनै भिजन छ भने वाम पन्थीहरु संग मात्रै  छ भन्ने दावा गर्दै उनले कम्युनिष्टहरुको देश चिनमा अमेरिकालाई समेत टक्कर दिने गरी भएको विकासको उदाहरण दिए ।

कांग्रेसी मुखमा लोकतन्त्र झुण्डिनु भनेको गरिव जनताका लागि मुखमा रामराम बगलीमा चुरा भए जस्तै भएको उनिहरुको कथन थियो ।  हरेवाको कार्यक्रम सकाए लगत्तै नेताहरु शान्तिपुरमा चन्द्रकोट संयुक्त चुनावी प्रचार प्रसार कमिटको भेलामा जुटेका छन् । उमेदवार संगै माओवादी केन्द्रका केन्द्रिय सदस्य युवराज केसी लगायतका नेताहरु रहेको सहकर्मी हुमकान्त पोखरेलले जानकारी दिए ।

 

माथिको तश्विरमा: साविकको क्षेत्र नम्वर १ मा भुमिगत  राजनिती गर्दा आठो  पिठो पकाएर खाना दिएकी  एउटी बृद्ध आमाको आशिर्वाद ग्रहण गर्दै प्रदिप ज्ञवाली | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४