३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

यस्तो छ गुल्मी कांग्रेस पार्टी कार्यालयबाट सम्प्रेषित चुनावी गतिविधी

२४ कार्तिक २०७४, शुक्रबार १४:२१

प्रेम सुनार/रमेश बिश्वकर्मा/कात्तिक २४, गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको सदस्यमा उम्मेदवारी दिएका पूर्व जि.वि.स. सभापति तथा पूर्व पार्टी सभापति चन्द्र के.सी. र गुल्मी निर्वाचन क्षेत्र नं. २ प्रदेश नं. १ प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका समाजसेवि तथा विकास प्रेमी नेता शालिकराम पन्थी यतिवेला चुनाव प्रचार प्रसार तथा घरदैलो अभियानमा व्यस्त रहेका छन । 

उक्त चुनाव प्रचार प्रसार अभियान तथा स्थानीय कार्यकर्ता भेटघाट अभियान आज मुसिकोट नगरपालिकाको भुवाचिदीं हुँदै कुर्घाको मालिका, कुर्घाको स्वांरा, राले र इेन्द्रेगौंड र गुन्धारामा सम्पन्न भएको छ।

चुनाव प्रचार प्रसार तथा घर दैलो अभियानमा जिल्लास्थित नेता र विभिन्न भातृसंघका नेता कार्यकर्ता पनि चुनावी दौडाईमा रहेका छन। चुनावी प्रचारमा लागेका उम्मेदवार चन्द्र, शालीक र नेता कार्यकर्ताहरु गाउँ गाउँमा पुग्दा उम्मेदवारलाई अबिर माला लगाएर स्वागत गरेका छन। 

चुनाव प्रचार प्रसार अभियानको विकासमा काम हुनुपर्छ भाषण होईन भन्ने बिशेष मान्यता सहित उनिहरुले चुनाव प्रचार प्रसार तथा घरदैलो गरेको बताएका छन। 

उक्त अभियानको क्रममा उम्मेदवारहररुले बढिघाट खोलाले बर्षायाममा निकै क्षतिको बारेमा जनताले राखेको समस्या र गुनासो यथास्कय सम्बोधन गरिने बताएका छन। साथै जनताले मागेका मागहरु पर्यटकिय स्थान, खेलमैदान, होमस्टे लगायतका मागहरुको सम्बन्धमा यथास्किय सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेका छन। 

चुनाव प्रचार प्रसार अभियानको क्रममा उम्मेदवार चन्द्र र शालिक भन्छन समृद्ध गुल्मी निर्माणको लागी आफ्नो उम्मेदवारी भएको बताएका छन। उनिहरुले यसपाली नेपाली जनताले लोकतान्त्रीक शक्तीलाई विजय बनाउनुहुने छ भन्ने आशा व्यक्त गर्दै बाम गठबन्धन स्वार्थ केन्द्रीत र अपवित्र भएको धारणा व्यक्त गरेका छन।

चुनाव प्रचार प्रसार अभियानका क्रममा घरदैलो अभियानको क्रममा जनताहरुले खानेपानी मोटरबाटो, बिद्यालयका समस्याहरुको विषयमा उम्मेदवारहरुसँग माग राखेका थिए। भने उम्मेदवारहरुले आफ्ना भावी योजनाहरुसँगै ती विषयमा समाधान गर्ने कुरा बताएका छन।

उक्त कार्यक्रममा पूर्वसांसद रुद्रमणि भण्डारी, जिल्ला पार्टी सभापति भुवन प्रसाद श्रेष्ठ, सचिव बिष्णु कुमारी सापकोटा, महाधिवेशन प्रतिनिधि ज्ञानहरी सापकोटा, पूर्व क्षेत्रीय सभापति दामोदर भुसाल, क्षेत्रीय सभापति भगत खड्का,जिल्ला सदस्य धिरेन्द्र के.सी. ससमाजसेवि श्याम जि.सी. पूर्ण के.सी. विद्यार्थी नेता विक्रम पन्थीको उपस्थित रहेको थियो। 

कार्यक्रममा वोल्दै उनिहरुले जिल्लालाई विकासमा नमुना बनाउने उद्धेश्य, योजना र कार्यनीति सहित आफुहरु चुनावमा होमिएको कारण जनताले मत दिनुपर्ने बताएका थिए।

उनिहरुले जनताको मतद्वाराआफुलाई जिम्मेवारी प्रदान गर्न आग्रह गर्दै विजय पश्चात आफुहरु जनताको मत खेर गएको भन्ने अनुभुती हुन नदिने बताएका थिए।

अन्त्यमा तपाईलाई मत केका लागी दिने भन्ने प्रश्नमा उम्मेदवार के.सी.ले यसो भने- पटक पटक यहाँ जनताले मत दिएर पठाएका जनप्रतिनिधिहरु संसदभित्र जनसरोकार र नीति निर्माणका लागी एक पटक पनि नबोलेको कारणले यस पटक बोल्ने उम्मेदवारलाई जनताले विश्वास गर्ने भनाई व्यक्त गरे । प्रेस विज्ञप्तीका रुपमा सम्पादन नगरी । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन