१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा वाम गठबन्धनको चुनावी अभियान: धुवाँ धुलोमुक्त काठमाडौँको माग

२४ कार्तिक २०७४, शुक्रबार १६:३६

रमेश लम्साल | कात्तिक २४, काठमाडौँ (रासस) | राजधानीलाई समुन्नत, सुन्दर र शान्त बनाउने लक्ष्यका साथ वाम गठबन्धनले आज काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा चुनावी अभियान अगाडि बढाए । 

पार्टी एकताको लक्ष्यसहित चुनावी अभियानमा केन्द्रित भएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आज काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा घरदैलो तथा आन्तरिक भेटघाटका काममा तीव्रता दिएका हुन् । 

‘कम्युनिष्टको नेतृत्वमा समृद्धि, कम्युनिष्टकै नेतृत्वमा प्रगति’ भन्ने नाराका साथ गठबन्धनले चुनावी अभियान तीव्र पारेको नेकपा (एमाले)का केन्द्रीय कार्यालय सचिव तथा काठमाडौँ क्षेत्र नं ९ का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । 

काठमाडौँ क्षेत्र नं ५ मा वाम गठबन्धनका साझा उम्मेदवार एवं एमालेका महासचिव ईश्वर पोखरेलले आज काठमाडौँ महानगरपालिका वडा नं २, ४ र ५ मा घरदैलो कार्यक्रम सञ्चालन गर्नुभयो । 

काठमाडौँ क्षेत्र नं ५ प्रदेश क्षेत्र नं १ का उम्मेदवार नारायण सिलवालसँगै घरदैलोमा रहनुभएका उहाँले स्थानीयसँग वाम गठन्धनलाई मत माग्दै अघिल्ला दुईवटा निर्वाचनमा जनताले आफूलाई सजाय दिएको र त्यो सजाय स्वयं जनताले पनि पाएको भन्दै यसपटक क्षेत्रको विकास र देशको निकासका लागि अनुरोध गर्नुभयो । 

उहाँले आफू काठमाडौँ क्षेत्र नं ५ को विकासमा बढी केन्द्रित रहेको र यस क्षेत्रको सम्पूर्ण भूगोलबारे आफू परिचित रहेको भन्दै वाम गठबन्धनलाई विजयी गराएर स्थिर सरकार निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो । 

यस्तैगरी, काठमाडौँ क्षेत्र नं ४ मा गठबन्धनका उम्मेदवार राजन भट्टराईले आज चुच्चेपाटी, गोपीकृष्ण हल लगायतका स्थानमा घरदैलो कार्यक्रम गर्नुभयो । स्थानीयवासीले लामो समयदेखि मेलम्ची खानेपानी आयोजनाले सडक खनेर मर्मत नगर्दा आफूहरु समस्यामा परेको भन्दै तत्काल धुलो नियन्त्रण गर्न उम्मेदवार भट्टराईसँग माग गरेका थिए । 

यस्तै, काठमाडौँ क्षेत्र नं ६ मा गठबन्धनका उम्मेदवार झक्कु सुवेदीले आज गाँेगबु र तारकेश्वर नगरपालिकाको वडा नं १, २ र ३ मा घरदैलो, जनभेटघाट कार्यक्रममा सहभागी हुनुभयो । उहाँले प्रगति र समृद्धिका लागि वामपन्थी गठबन्धन बनेको भन्दै नेपाली काँग्रेसले अधिनायकवादको हौवा फिँजाएर आफ्नो कमजोरी छोप्ने प्रपञ्च गरेको बताउनुभयो । 

काठमाडौँ क्षेत्र नं ७ का उम्मेदवार रामवीर मानन्धर, काठमाडौँ क्षेत्र नं ८ का उम्मेदवार जीवनराम श्रेष्ठ पनि एकीकृतरुपमा आज घरदैलो अभियानमा सहभागी हुनुभयो । क्षेत्र नं ८ को डल्लुमा आज एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सरिता महर्जनलगायतको उपस्थितिमा संयुक्त कार्यकर्ता भेलाको आयोजना गरियो । 

काठमाडौँ क्षेत्र नं १० का उम्मेदवार हितमान शाक्य आज कीर्तिपुरको पाँगामा आयोजित उम्मेदवार परिचय तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुनुभयो । 

कार्यक्रममा एमाले र माओवादी केन्द्रका नेताको सहभागिता रहेको थियो । उता काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार अनिल शर्मा आज अनामनगर, बुद्धनगरलगायतका स्थानमा घरदैलो तथा भेटघाटमा सहभागी हुनुभयो । 

यस्तै, काठमाडौँ क्षेत्र नं १ अन्तर्गत प्रदेश नं १ का उम्मेदवार विष्णुकुमारी भुसाललगायतका नेता तथा कार्यकर्तासमेत घरदैलोमा सहभागी हुनुहुन्थ्यो । उता काठमाडौँ क्षेत्र नं २ का उम्मेदवार माधवकुमार नेपाल आन्तरिक तयारीमा व्यस्त रहनुभएको छ । 

यसैबीच, ललितपुर क्षेत्र नं ३ मा पनि सो क्षेत्रका उम्मेदवार पम्फा भुसालले आफ्नो चुनावी अभियानलाई तीव्रता दिनुभएको छ । 

वाम गठबन्धनकी साझा उम्मेदवार भुसाल आज आन्तरिक तयारीका साथै मंगलबजार क्षेत्रमा घरदैलो गर्नुभयो । ललितपुरमा चुनाव प्रचारकै लागि एमाले, माओवादी केन्द्र र अन्य वाम शक्तिका बीचमा एक हजार १११ सदस्यीय क्षेत्रीय निर्वाचन प्रचारप्रसार समिति गठन भएको छ । 

संयुक्त निर्वाचन परिचालन समिति, ललितपुरले आज ललितपुर महानगरका विभिन्न क्षेत्रमा चुनावी अभियान सञ्चालन गरेको माओवादी केन्द्रका ललितपुर जिल्ला इन्चार्ज हरि दाहालले जानकारी दिनुभयो । 

ललितपुर क्षेत्र नं ३ मा ललितपुर महानगरको वडा नं १, २, ३, ४, १० १८, २०, २१ २२ र २५ गरी १० वटा वडा रहेका छन् । घरदैलोका क्रममा मतदाताले उम्मेदवारलाई स्थिर सरकारको निर्माण, शान्ति सुव्यवस्था, बेरोजगारी समस्याको अन्त्य, धुलो र धुवाँमुक्त शहरको माग गरेका थिए । 

यस्तै, मतदाताले विद्युत्भार कटौतीको अन्त्य गर्न सफल भएको भन्दै वाम गठबन्धनले जनताको दैनिक जीवनसँग जोडिएको विषयलाई प्राथमिकतामा राख्नसमेत ध्यानाकर्षण गराएका थिए । 

मेलम्ची खानेपानी आयोजनाले सडक खनेर अलपत्र पारेका कारण जनजीवन प्रभावित भएको, महँगी बढेकोजस्ता विषयमा समेत मतदाताले उम्मेदवारको ध्यानाकर्षण गराएको घरदैलोमा सहभागी नेता तथा कार्यकर्ताले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी