२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनपछि कम्युनिष्टको बहुमतको सरकार: प्रचण्ड

२०७४, २५ कार्तिक शनिबार ०८:३९

कात्तिक २५, चितवन । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि कम्युनिष्टको बहुमतको सरकार बन्ने र त्यसले राजनीतिक स्थिरता कायम गर्ने बताउनुभएको छ । 

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष दाहालले आज पश्चिम चितवनको शिवनगरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै दशकाँैदेखि नेपाली जनताले चाहेको कुरा यसपाली पूरा हुनलागेको बताउनुभयो । 

“दशकौँंदेखि नेपाली जनताले कम्युनिष्ट मिलेर काम गरुन् भन्ने चाहे पनि कम्युनिष्ट विभाजन हुने र त्यो विभाजनको फाइदा दक्षिणपन्थीले लिने गरेका थिए,” उहाँले भन्नुभयो– “फुटाउ र राज गर भन्ने साम्राज्यवादी रणनीति अनुसारको जुन परम्परा २०१९ सालदेखि चल्दै आएको थियो, यसपटक हामीले त्यो इतिहासलाई बदल्ने पहल गरेका छौँ, सबै नेपालीका निम्ति खुसीको कुरा हो ।” 

अहिलेको वाम गठबन्धन चुनावका लागि मात्रै नभई कम्युनिष्ट एकताका लागि भएको उहाँको भनाइ थियो । एउटा बलियो कम्युनिष्ट केन्द्र बनाउने योजनाका साथ पार्टी एकता संयोजन समिति निर्माण गरेर अगाडि बढेको अध्यक्ष दाहालले बताउनुभयो । “देशको स्थायी शान्ति र समृद्धिका लागि कम्युनिष्ट एक भएका हुन्,” उहाँले भन्नुभयो । 

यसअघि गौचरणका सुकुम्वासीसँग अन्तक्र्रिया गर्दै अध्यक्ष दाहालले १० वर्षमा दशौँ सरकार फेरिँदै आए पनि विकासको रुप रंग फेरिन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । 

मुलुकमा राजनीतिक स्थिरता र विकासको युग आरम्भ हुन लागेको उहाँको भनाइ थियो । निर्वाचनपछि बन्ने स्थिर सरकारले सबै समस्या समाधान गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन