१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङका बेसाहारा बादी बालिकाको उद्धार

२५ कार्तिक २०७४, शनिबार ०९:१८

सम्राट सिंह/कात्तिक २५, बझाङ । आमा बेपत्ता भएको शोकमा बाबु पनि मदिराको कुलतमा लागे पछि वेसाहारा बनेका दुइ जना बादी बालिकाको उद्धार गरिएको छ । 

उद्धार गरिएका बालिकाहरुलाई स्थानिय एक निजी स्कुलमा आवासिय सुविधा सहित राखिएको छ । जयपृथ्वी नगरपालिका १० की रमा बादी दुई वर्ष अघि बेपत्ता भए पछि उनका पति बम्म बादी अत्याधिक मदिरा सेवन गर्न थालेका थिए । बाबु पनि रात दिन मदिरा मै भुलेर घर आउनै छोडे पछि उनका दुइजना छोरीहरु ८ वर्षिया सर्मिला बादी र ५ वर्षकी अमिता बादीको विचल्ली भएको थियो । 

विचल्लीमा परेका बालिकाको उद्धारको लागी स्थानिय महिला अधिकारकर्मी आसा विकले विभिन्न ठांउमा पहल गरे पछि परिर्वतनका लागी सहकार्य नामक गैर सरकारी संस्थाले दुबै जनालाई उच्च शिक्षा सम्म अध्ययनको लागी सहयोग गर्ने र सम्पुर्ण खर्च व्यहोर्ने गरी विद्यालयमा भर्ना गरिएको हो । 

विचल्लीमा परेका बादी बालबालीकाको सम्पुर्ण खर्च आफ्नो संस्थाले तिरिदिने गरी सदरमुकाम चैनपुरका रहेको मेरिगोल्ड इङलिस बोर्डिङ स्कुलमा उनिहरुलाई भर्ना गरिएको परिर्वतनका लागी सहकार्य संस्थाकी अध्यक्ष इन्दिरा घलेले बताईन । उनले बालिकाको उच्च शिक्षा र त्यस पछिको रोजगारीका लागी पनि संस्थाले सहयोग गर्ने जानकारी दिइन । 


आमाबाबु दुबैको माया नपाएर विचल्लीमा परेकी बालिकाहरु आवासिय सुविधा सहित पढन पाउने भए पछि निकै खुशी भएका छन । आठ वर्षिया सर्मिलाले खुशी हुदै भनिन ‘ कहिले कसैले दिएको खानकुरा खान्थ्यौ । कसैले नदिए होटलको वरीपरी फालेको खानेकुरा पनि खायौ । 

केही नपाएको दिन भोकै सुत्थ्यौ । अब त खान पनि पाइने भो । पढन पनि पाइने भो’ उनकी आमा रमाले दुइ वर्ष अघि आफु भारतको मुम्बईमा रहेको भनेर फोन गरेको र त्यस पछि सम्पर्क विहिन भएको स्थानिय राधा बादीले बताइन । 

दलितहरु भित्र पनि निकै विपन्न अवस्थामा रहेका बादी समुदायका बालबालिकाहरु अहिले पनि विद्यालयमा नियमित रुपमा जाने गरेका छैनन । पुरुषहरु सधै मदिराको मातमा हुने र महिलाहरुले यौन व्यवसाय गरेर परिवार पाल्नु पर्ने बाध्यता यो समुदायमा अझै पनि कायमै छ । 

सानै उमेरमा गुजाराको लागी यौन व्यवसाय गर्नु पर्ने बाध्यता रहेका कारण यस समुदायका बालिकाहरु बढी जोखिममा रहेको र उनिहरु सबैलाई आबासिय शिक्षाको व्यवस्था हुन सके मात्र पछिल्लो पुस्तामा गएर यो समुदायमा परिर्वतन हुने दलित महिला संघ बझाङकी अध्यक्ष समेत रहेकी अधिकारकर्मी आशा विकको भनाई छ । 

उनी भन्छिन ‘बादीका सबै बालबालिका जोखिममा छन । त्यो मध्ये पनि बालिकाहरुमा सानै उमेरमा पनि यौन कर्ममा लाग्नु पर्ने बाध्यता छ । अहिलेको युगमा यो भन्दा ठुलो मानविय कलंक केही हुन सक्दैनन’ बादी बालबालिकाहरुलाई कम्तीमा माध्यमिक तह सम्म आवासिय विद्यालयमा राखेर अध्ययनको व्यवस्था गर्न सके उनिहरुको जिवनस्तर परिर्वतनमा सहयोग पुग्न सक्ने धेरैको तर्क छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो