१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बम हमलापछि वाम गठबन्धन रोल्पाले दियो यस्तो कडा पतिक्रिया

२५ कार्तिक २०७४, शनिबार ०९:४४

कात्तिक २५, काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित संयुक्त वाम गठबन्धनले नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले माईन विस्फोट गराएर आफ्ना उम्मेदवारहरुको हत्या गर्न खोजेको दावि गरेको छ । 

गठबन्धनले हत्याको योजनासहित वम विस्फोट गराउन नेकपाका कार्यकतालाई तुरुन्त पक्राउ गरेर कारबाही गर्न प्रशासनसँग माग समेत गरेको छ ।

‘आज हाम्रा उम्मेदवार र हामीहरुको हत्या गर्ने योजनाका साथ नेकपाका कार्यकतालाई भिटाबाङमा शक्तिशाली माईन विस्फोट गराए । यो सरासर हाम्रा उम्मेदवारहरुको हत्या गर्ने योजना हो’, वाम गठबन्धन निर्वाचन परिचालन समिति रोल्पाका संयोजक नेकपा (एमाले)का पोलिट्व्यूरो सदस्य गोकुल घर्तीमगरले भने, ‘यो अराधिक घटनाको जति भ्रत्र्सना गरे पनि कम हुन्छ ।’


उनले अपराधिहरुलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरे । ‘यो निर्वाचन लोकतन्त्रको मेरुद्दण्ड हो । आज देश निर्वाचनको महाउत्सवमा प्रवेश गरेर सारा नेपाली जनता सार्वभौम मताधिकार प्रयोग गर्न आतुर भईरहेको बेला बम विस्फोट गराउनु लोकतन्त्रमाथिकै हमला हो,’ घर्तीमगरले घने, ‘हामी अपराधीहरुलाई तुरुन्त पक्राउ गरी कारबाही गर्न सरकारसँग जोड्दार माग गर्दछौँ ।’

संयोजक घर्तीले उम्मेदवारहरुको सुरक्षामा विशेष ध्यान दिन सरकारसँग मागसमेत गरे । ‘निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्छ’, उनले भने, ‘उम्मेदवारहरुको सुरक्षामा विशेष ध्यान दिन म सरकारसँग माग गर्दछु ।’

शनिबार विहान नेकपाका कार्यकर्ताहरुले माडी गाउँपालिका–१, भिटाबाङमा प्रतिनिधि सभा सदस्य उम्मेदवार माओवादी केन्द्रका वरिष्ठ नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’लगायतलाई लक्षित गरी शक्तिशाली माईन विस्फोट गराएका थिए । विस्फोटबाट अनन्त सवार गाडि र उनको सुरक्षामा खटिएको प्रहरीको गाडिमा सामान्य क्षति पुगेको छ ।

माईन विस्फोटमा परेका अनन्त, प्रदेश सभा सदस्य उम्मेदवार दीपेपन्द्र पुन सिजल, माओवादी केन्द्रकी प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार जयपुरी घर्तीमगर, निर्वाचन परिचालन समितिका संयोजक एमाले पोलिट्व्यूरो सदस्य गोकुल घर्तीमगरलगायत नेता कार्यकर्ता भने सकुशल छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो