२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बम हमलापछि वाम गठबन्धन रोल्पाले दियो यस्तो कडा पतिक्रिया

२०७४, २५ कार्तिक शनिबार ०९:४४

कात्तिक २५, काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित संयुक्त वाम गठबन्धनले नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले माईन विस्फोट गराएर आफ्ना उम्मेदवारहरुको हत्या गर्न खोजेको दावि गरेको छ । 

गठबन्धनले हत्याको योजनासहित वम विस्फोट गराउन नेकपाका कार्यकतालाई तुरुन्त पक्राउ गरेर कारबाही गर्न प्रशासनसँग माग समेत गरेको छ ।

‘आज हाम्रा उम्मेदवार र हामीहरुको हत्या गर्ने योजनाका साथ नेकपाका कार्यकतालाई भिटाबाङमा शक्तिशाली माईन विस्फोट गराए । यो सरासर हाम्रा उम्मेदवारहरुको हत्या गर्ने योजना हो’, वाम गठबन्धन निर्वाचन परिचालन समिति रोल्पाका संयोजक नेकपा (एमाले)का पोलिट्व्यूरो सदस्य गोकुल घर्तीमगरले भने, ‘यो अराधिक घटनाको जति भ्रत्र्सना गरे पनि कम हुन्छ ।’


उनले अपराधिहरुलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरे । ‘यो निर्वाचन लोकतन्त्रको मेरुद्दण्ड हो । आज देश निर्वाचनको महाउत्सवमा प्रवेश गरेर सारा नेपाली जनता सार्वभौम मताधिकार प्रयोग गर्न आतुर भईरहेको बेला बम विस्फोट गराउनु लोकतन्त्रमाथिकै हमला हो,’ घर्तीमगरले घने, ‘हामी अपराधीहरुलाई तुरुन्त पक्राउ गरी कारबाही गर्न सरकारसँग जोड्दार माग गर्दछौँ ।’

संयोजक घर्तीले उम्मेदवारहरुको सुरक्षामा विशेष ध्यान दिन सरकारसँग मागसमेत गरे । ‘निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्छ’, उनले भने, ‘उम्मेदवारहरुको सुरक्षामा विशेष ध्यान दिन म सरकारसँग माग गर्दछु ।’

शनिबार विहान नेकपाका कार्यकर्ताहरुले माडी गाउँपालिका–१, भिटाबाङमा प्रतिनिधि सभा सदस्य उम्मेदवार माओवादी केन्द्रका वरिष्ठ नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’लगायतलाई लक्षित गरी शक्तिशाली माईन विस्फोट गराएका थिए । विस्फोटबाट अनन्त सवार गाडि र उनको सुरक्षामा खटिएको प्रहरीको गाडिमा सामान्य क्षति पुगेको छ ।

माईन विस्फोटमा परेका अनन्त, प्रदेश सभा सदस्य उम्मेदवार दीपेपन्द्र पुन सिजल, माओवादी केन्द्रकी प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार जयपुरी घर्तीमगर, निर्वाचन परिचालन समितिका संयोजक एमाले पोलिट्व्यूरो सदस्य गोकुल घर्तीमगरलगायत नेता कार्यकर्ता भने सकुशल छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन