९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार चुनाव भाड्ने षडयन्त्रमा लागिरहेको छ: प्रचण्ड

२५ कार्तिक २०७४, शनिबार १०:०४

कात्तिक २५, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले एकथरि मान्छे प्रयोग गरेर निर्वाचन भाँड्न खोजेको आरोप लगाउनुभएको छ । 

पेशागत महासंघ नेपाल चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको बृहत् वनभोज तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले चुनाव भाड्ने षडयन्त्र अझै पनि भइरहेको बताउनुभयो । 

रुकुम घटनामा हतियारधारी जत्था पक्राउ पर्दा नेपाली काँग्रेसका बहालवाला मन्त्रीले विज्ञप्ति जारी गरेर छोड्नु पर्छ भन्नु र विगत केही दिनयता उम्मेदवारमाथि शृंखलागत आक्रमण हुनुले निर्वाचन भाड्ने गम्भीर षडयन्त्र भएको उहाँले बताउनुभयो । 

रुकुममा जनार्दन शर्मा, रोल्पामा प्रदेशसभाका एक उम्मेदवार, आज बिहान मात्रै पूर्वअर्थमन्त्री वर्षमान पुन लक्षित गरी रोल्पामै माइन विस्फोट गराइएको भन्दै उहाँले यस्ता घटना निन्दनीय रहेको उल्लेख गर्नुभयो । 

यस्ता घटनाका पछाडि के उद्देश्य छन् भन्ने कुरा एक दुई दिनमा थाहा हुने भन्दै उहाँले एकथरि मान्छेलाई प्रयोग गरेर निर्वाचन आफ्नो पक्षमा पार्ने वातावरण सरकारले गर्छ भने त्यो गम्भीर भूल हुने उहाँले बताउनुभयो । 

अहिले देश फरक राजनीतिक परिघटनामा रहेको भन्दै उहाँले सफल ढंगले निर्वाचन गराउन कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । 

लोकतन्त्र हामी सबैले स्वीकार गरिसकेको भन्दै उहाँले भन्नुभयो “वामपन्थी लोकतान्त्रिक वा दक्षिणपन्थी लोकतान्त्रिक भन्ने कुरामा मात्रै फरक हो ।” काँग्रेस र अरु दललाई मात्र लोकतान्त्रिक भन्नु गलत भएको उहाँले बताउनुभयो । 

वामपन्थी तानाशाहीतर्फ जाँदैछन् भन्ने हल्ला मात्रै फिजाइएको भन्दै उहाँले देशलाई समाजवादतर्फ लैजाने भन्ने कुरा संविधानमा नै उल्लेख भएको स्पष्ट पार्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो