२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवारको भोट माग्ने तरिका देख्दा मतदाता फुरुङ्ग

२०७४, २५ कार्तिक शनिबार १०:३९

कात्तिक २५, काठमाडौँ । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको मतदानको मिति नजिक आइरहेको अवस्थामा मुलुक अहिले निर्वाचनमय भएको छ । 

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेससभा सदस्यको निर्वाचनको प्रचारप्रसारले अहिले निकै तीव्रता पाएको छ । निर्वाचनको प्रचारप्रसारको समाचारले अहिले अखबारका पाना भरिपूर्ण छन् भने रेडियो/टेलिभिजनका सबैजसो कार्यक्रम र गतिविधि निर्वाचन केन्द्रित रहेको पाइएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक तथा प्रत्यक्ष दुवै निर्वाचन प्रणालीका ११ हजार २७९ उम्मेदवार मतदातालाई आफू, आफ्नो दल र गठबन्धनको पक्षमा मत तान्न मतदाताको घरदैलो अभियानमा छन् । 

अघिपछि चिनेको नचिने झैँ गर्ने नेता एकाबिहानै विभिन्न साइनो जोडेर एक्कासि ढोका अघिल्तिर हात जोडेर भोट माग्न आएको देख्दा मतदाता फुरुङ पर्ने गरेका दृश्य बाक्लै देखिएको छ । कहिलै चिनजान नभएका व्यक्तिले एक्कासि चिन्नु भो ? भनी साइनो लगाउँदा कतिपय मतदाता त छक्क पर्ने गरेका छन् । 

मतदाताले खासगरी स्थान विशेष खानेपानी, शिक्षा, स्वास्थ्य, सिँचाइ, रोजगारी, सडकका मुद्दा अघि सार्दै त्यसको सुनिश्चित गर्ने उम्मेदवारलाई मतदान गर्ने प्रतिबद्धता जनाएको भेटिएको छ । मुलुकमा पछिल्लो समय दलबीच भएको चुनावी गठबन्धनले आफूहरुलाई खासै असर नपरेको बताउँदै धरैजसो मतदाताले दल विशेषभन्दा पनि जनहितको पक्षमा काम गर्नेलाई मतदान गर्ने जनाउ दिएका छन् । 

निर्वाचनको प्रचारप्रसारमा जुटेका नेता, कार्यकता र उम्मेदवार बालिनाली भित्र्याउन व्यस्त रहेका मतदातालाई भेट्न पाखा, पखेरा, र खलामा हुलका साथ पुगिरहेका छन् । कतिपय उम्मेदवारले मत आफ्नो पक्षमा ल्याउन धान काट्ने, कोदो टिप्नेदेखि हलो जोत्ने कार्यमा समेत सहयोग पु¥याउने गरेको भेटिएको छ । 

नवराज सिलवाल ललितपुरका एक किसानको खेतमा धान काट्दै ।

भोट माग्ने क्रममा कतिपय नेता तथा उम्मेदवारले पूरा गर्ने नसक्ने आवश्सासन दिइरहेका तथा कतिपयले भने मतदातालाई प्रभाव पार्ने खालका गतिविधि सञ्चालन गरेको विषय आम सञ्चारका माध्यमबाट सार्वजनिक हुँदै आएको छ । 

प्रतिनिधिसभाको पहिलो हुने विजयी हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारले निर्वाचमा अधिकतम रु २५ लाख खर्च गर्न पाउने गरी खर्चको सीमा तोकिएको छ भने सोही निर्वाचन प्रणालीतर्फ प्रदेशसभाको उम्मेदवारले रु १५ लाख सम्म खर्च गर्न पाउनेछन् । 

त्यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको संख्या अनुसार प्रतिनिधिसभा उम्मेदवारले रु दुई लाख र प्रदेशसभा सदस्यका उम्मेदवारले प्रति उम्मेदवार रु एक लाख ५० हजार खर्च गर्न पाउने कानूनी व्यवस्था रहेको छ । 

निर्वाचन आयोगले सबै उम्मेदवारले समान ढंगबाट निर्वाचनको प्रचारप्रसारको अवसर प्राप्त होस् र निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मितव्ययी बनाउने हेतुले निर्वाचन आचारसंहिता उलंघन गर्ने बिरुद्ध शून्य सहनशीलताको नीति अपनाउने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । 

आगामी प्रतिनिधिसा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फ ४९ राजनीतिक दलले उम्मेदवारको बन्दसूची बुझाएका छन् भने प्रत्यक्षतर्फ ८८ राजनीतिक दलले भाग लिएका छन् । आगामी दुवै चरणको निर्वाचनमा मतदान गर्न पाउने मतदाताको संख्या एक करोड ५४ लाख २७ हजार ९३४ रहेको छ । 

पछिल्लो समय खर्च गर्न पाउने सीमाभन्दा निक्कै धरै उम्मेदवारबाट पैसाको चलखेल भएको सूचना पाएको जनाउँदै आयोगले त्यस्ता उम्मेदवारको निगरानी राख्न सरोकारवाला निकायलाई निर्देशन समेत दिइसकेको छ । 

निर्वाचन आचारसंहिता उलंघन गर्ने उम्मेदवारको उम्मेदवारी रद्दसम्म गर्ने चेतावनी दिँदै निर्वाचनको अनुगमन र कारबाहीलाई चुस्त तुल्याउने अठोट व्यक्त गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए