९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति होस्ः निर्वाचन आयोग

२५ कार्तिक २०७४, शनिबार ११:५०

कात्तिक २५, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन विरोधी गतिविधि हुन नदिई शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउन सरकारसँग आग्रह गर्नुभएको छ । 

रिपोटर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा डा यादवले रुकुम र रोल्पामा उम्मेदवारमाथि भएको आक्रमणप्रति भन्नुभयो, “उम्मेदवार लक्षित आक्रमण दु: खद् हो, शुक्रबार र शनिबार(आज) भएका घटनाबाट हामी गम्भीर भएका छौं ।” 

डा यादवले भन्नुभयो, यस्ता घटना कतै नहोस्, नदोहोरियोस् भनी गृह मन्त्रालयलाई सचेत गराउँदे यसबाट निर्वाचन नहोला कि भन्ने आशङ्का नगर्न सबैसँग आग्रह गर्नुभयो । सबै मतदाताले निर्भयपूर्वक निर्वाचनमा भाग लिन पाउनुपर्नेमा जोड दिँदै डा यादवले भोलि(आइतबार) उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठक बोलाइएको जानकारी दिनभयो । 

उहाँका अनुसार मंसीर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भएको र दोस्रो चरणमा हुने निर्वाचनका लागि १५ जिल्लाका मतपत्र छापिइसकेको छ । 

लोकतन्त्रको स्थायित्वका लागि सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्दै डा यादवले उम्मेदवारलाई पूर्णरुपमा आचारसंहिता पालना गर्न आग्रह गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो