प्रज्वल पाैडेल/कार्तिक २५, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पुष्पलालकाे जिल्ला रामेछापलाइ  देशभित्रका वामपन्थीहरुको मात्र नभइ विश्वका कम्युनिष्टका लागी गन्तव्यस्थल बनाउन लागीएकाे बताउनुभएकाे छ ।

तीनलाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल/कार्तिक २५, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पुष्पलालकाे जिल्ला रामेछापलाइ  देशभित्रका वामपन्थीहरुको मात्र नभइ विश्वका कम्युनिष्टका लागी गन्तव्यस्थल बनाउन लागीएकाे बताउनुभएकाे छ ।

तीनलाल"/>
२१ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

रामेछापलाई विश्वका कम्युनिष्टका लागी गन्तव्यस्थल बनाइन्छ: माधव नेपाल (भिडियोसहित)

२५ कार्तिक २०७४, शनिबार १५:२३

प्रज्वल पाैडेल/कार्तिक २५, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पुष्पलालकाे जिल्ला रामेछापलाइ  देशभित्रका वामपन्थीहरुको मात्र नभइ विश्वका कम्युनिष्टका लागी गन्तव्यस्थल बनाउन लागीएकाे बताउनुभएकाे छ ।

तीनलालकाे जन्म भएकाे भुमी र कम्युनिष्ट अान्दाेलनका नेता एवं नेकपाका संस्थापक महासचिव पुष्पलालकाे जिल्ला भएकाे बताउदै उहाँले रामेछापमा एउटा नमुनालायक कम्युनिष्ट पार्टीको स्मृतिमा स्मारक पार्क,म्युजियम बनाउन लागीएकाे धारणा राख्नुभयाे । 


संयुक्त वाम गठबन्धन सम्पर्क मञ्च रामेछापले शनिबार काठमाण्डाैमा अायाेजित कार्यक्रमलाइ सम्बाेधन गर्दै नेपालले वामगठबन्धनले यसपाली २ तिहाइ बहुमत ल्याएर स्थीर सरकार निर्माण गर्ने धारणा राख्नुभयो । उहाँले  काङ्गेसकाे सरकारले जनताकाे हितमा अहिले एउटा गतिलाे काम नगरेकाे टिप्पणी गर्नुभयाे । पार्टी एकता र निर्वाचनकाे  वामगठबन्धनकाे तालमेलले सिङ्गाे मुलुकलाइ तरङ्ग पैदा गरेकाे उहाँले बताउनुभयाे । 

उहाँले भन्नुभयाे – "अबकाे दिनमा देशमा भ्रष्टचारविरुद्धकाे संघर्षमा कम्युनिष्ट अग्रपन्तीमा रहेर अगाडी बढ्नेछन्,काननीकाे शासनकाे प्रत्याभुति गराउने छन् सबैलाइ समान न्याय दिनेछन् ।"


पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले विराेधी जतिपनी भ्रम फिजाएपनि कम्युनिष्टले मुलुकका निम्ती गरेकाे याेगदान कसैले भूल्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयाे  -: लाेकतन्त्र, गणतन्त्रका निम्ति जीवन बलिदान गरेकाे,राणा शासन, पञ्चायति शासन, राजाकाे शासनकाे विरुद्दमा लडेकाे कुरा सबैलाइ थाहा छ ।"


कार्यक्रममा एमाले केन्द्रिय सदस्य देवशंकर पाैडेल, माधव ढुङ्गेल,माअाेवादी स्थायी कमिटी सदस्य लिलामणी पाेख्रेल, वाम गठबन्धनका प्रतिनीधी सभाका तथा प्रदेश सभाका उम्मेद्वार श्याम कुमार श्रेष्ठ कुशल, शान्तीप्रसाद पाैडेल कैलाश ढुङ्गेलले कार्यकर्तालाइ पार्टीको सिद्दान्त र विपक्षीले फैलाएका भ्रम चिर्नका लागी अाफ्नाे क्षेत्रबाट लाग्न अाग्रह गर्नुभएकाे छ ।

 
यसैगरी रामेछापबाट समानुपातीक सूचीमा रहेका एमाले नेता अानन्द श्रेष्ठ माअाेवादी नेता मैनकुमार माेक्तान लक्ष्मी गुरुङ लगाएतले समेत मन्तव्य राखेका थिए । उनीहरुले वाम गठबन्धनलाइ बहुमत दिलाउन सबै एकजुट भएर लाग्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा काङ्ग्रेस लगाएतका अन्यपार्टी परित्याग गरि दर्जनाै कार्यकर्ता वाम गठबन्धनमा प्रवेश गरेका छन् ।

पूर्व प्रधानमन्त्री एवंम् एमाले वरिष्ठ नेता माधब कु नेपाल रामेछापकाे संयुक्त वाम गठबन्धनकाे चुनावी सभामा सम्बाेधनको भिडियो  हेर्नुहोस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण