२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङमा वामसँग लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धा, कसको पल्ला भारी ?

२०७४, २६ कार्तिक आईतवार ०९:५१

कात्तिक २६, मलेखु, (धादिङ) (रासस) | प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा राजनीतिक दल मतदाताको घरदैलोमा गएर मत माग्न व्यस्त छन् । 

धादिङ्ग क्षेत्र नम्बर १: 

प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि ४ निर्वाचन क्षेत्र कायम गरिएको जिल्लाको क्षेत्र नं १ मा वाम गठबन्धनबाट (नेकपा एमाले)का जिल्ला अध्यक्ष भूमि त्रिपाठी र काँग्रेसका तर्फबाट युवा व्यवसायी विश्वप्रसाद अर्याल चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । त्रिपाठी अधिवक्ता हुनुहुन्छ भने अर्याल राजनीतिसँगै व्यापारिक छविबाट चर्चामा आउनुभएको हो । 

प्रदेशसभातर्फ क्षेत्र नं १ को (क) मा वाम गठबन्धनबाट एमालेका पूर्वसांसद राजेन्द्रप्रसाद पाण्डे र लोकतान्त्रिक काँग्रेसबाट मुधकुमार श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । पाण्डे पूर्वमन्त्री एवं एमालेका पोलिटब्यूरो कमिटी सदस्य हुनुहुन्छ । अर्याल राजनीतिकभन्दा पनि ठेक्कापट्टाकाकारण जिल्लावासीमा परिचित हुनुहुन्छ । 

उक्त प्रदेश सभा अन्तर्गत धुनीबेसी नगरपालिका, थाक्रे र गल्छी गाउँपालिका तीनै स्थानीय तहमा गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवार विजयी भएका थिए । 

यस्तै क्षेत्र नं १ को (ख) मा वाम गठबन्धनका तर्फबाट (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष शालिकराम जमरकट्टेल र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका प्रभातकिरण सुवेदीको उम्मेदवारी रहेको छ । जम्मरकट्टेल मजदुर नेताका रूपमा परिचित हुनुहुन्छ भने सुवेदी माओवादी पृष्ठभूमिबाट हालै काँग्रेसमा प्रवेश गर्नुभएको हो । 

उक्त क्षेत्रको तीन गाउँपालिकामध्ये स्थानीय निर्वाचनमा एक गाउँपालिकामा माओवादी केन्द्र र दुई वटामा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए । स्थानीय तहको निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नं १ बाट वाम गठबन्धनको ५९ हजार ८६८ मत देखिन्छ । 

यस्तै लोकतान्त्रिक गठबन्धनको १४ हजार ५६५ मत हुन आउँछ । स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्दा १ को (क) मा वामगठबन्धनको ३२ हजार १८४ मत छ भने लोकतान्त्रिक गठबन्धनको नौ हजार ८०० मत छ । यो क्षेत्रमा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा २२ हजार ३८४ मतले अगाडि छ । 

यसैगरी उक्त निर्वाचनमा क्षेत्र नं १ को (ख) मा वाम गठबन्धनको २७ हजार ६८४ मत र लोकतान्त्रिक गठबन्धनको चार हजार ७१८ मत रहेको देखिन्छ  ।

धादिङ्ग क्षेत्र नम्बर २: 

धादिङ्गको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनबाट एमालेका केन्द्रीय सदस्य खेम लोहनी र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका कानून न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री दिलमान पाख्रिन प्रतिस्पर्धी बन्नुभएको छ । 

प्रदेश २ (क) मा एमालेका डा रामकुमार अधिकारी र काँग्रेसका जिल्ला अध्यक्ष रमेश धमला प्रतिस्पर्धी हुनुभएको छ । 

स्थानीय चुनावमा यस क्षेत्रमा पर्ने नीलकण्ठ नगरपालिका र ज्वालामुखीमा काँग्रेसले जितेको थियो । यस्तै नेत्रावती गाउँपालिकामा एमालेले जित हासिल गरेको थियो । प्रदेश २ (ख) मा माओवादी केन्द्रबाट जगत सिम्खडा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट डम्बर तामाङबीच प्रतिस्पर्धा छ । 

स्थानीय तहको मतपरिणमअनुसार प्रतिनिधिसभा २ को स्थानीय चुनावमा वाम गठबन्धनका उम्मेदवारले ३० हजार ९०२ मत र लोकतान्त्रिक गठबन्धनले ३४ हजार १५६ मत प्राप्त गरेको थियो । २ नं क्षेत्रमा वाम गठबन्धन र लोकतान्त्रिकबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । ज्वालामुखी गाउँपालिकामा नेपाली काँग्रेसले विजय हासिल गरेको भए पनि उपाध्यक्षसहितको बहुमत सदस्य एमालेको पोल्टामा परेको थियो । नीलकण्ठ नगरपालिकामा माओवादी केन्द्रको उपप्रमुख विजयी भएकाले यो क्षेत्रमा कडा प्रतिस्पर्धा हुने अनुमान छ । 

प्रदेश २ (क) क्षेत्रमा वाम गठबन्धनको १६ हजार ७६ मत र लोकतान्त्रिक गठबन्धनको २१ हजार ६३४ मत देखिन्छ । स्थानीय तहको निर्वाचनलाई हेरेर आँकलन गर्न नसकिने भएकाले आफूले नै विजय हासिल गर्ने एमाले उम्मेदवार डा रामकुमार अधिकारीले बताउनुभयो । 

यसैगरी प्रदेशसभामा लोकतान्त्रिक गठबन्धन बलियो भएको क्षेत्र भएकाले विजय सुनिश्चित भएको नेपाली काँग्रेसका पूर्वसभापति रामनाथ अधिकारीको भनाइ छ । 

प्रदेश २ को (ख) मा वाम गठबन्धनको १४ हजार ८२६ मत हुन आउँछ भने भने लोकतान्त्रिक गठबन्धनको १२ हजार ५०३ मत देखिन्छ । 

गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १३ स्थानीय तहमध्ये आठ वटामा एमाले, तीन वटा नेपाली काँग्रेस, एक वटामा माओवादी केन्द्र र एक वटामा राप्रपाका उम्मेदवार विजयी भएका थिए । गत स्थानीय निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी एकल चुनावी प्रतिस्पर्धामा थिए भने नेपाली काँग्रेस र माओवादी केन्द्रबीच अधिकांश स्थानीय तहमा तालमेल भएको थियो । 

पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलका उम्मेदवारले जिल्लाको एकै खालको विषयलाई आफ्नो नारा बनाएका छन् । पुनःनिर्माण र भूकम्प प्रभावितलाई सहयोग गर्ने, जलाशययुक्त बूढीगण्डकी परियोजना सञ्चालनमा छिटो मुआब्जा दिएर काम शुरु गराउने, जिल्लाभर सडक सञ्जाल बनाइ ठूला सडक निर्माणमा जोड दिने नारा ती उम्मेदवारका छन् । 

जमिनको वर्गीकरण गरी कृषि, वन, औद्योगिक, बजार क्षेत्र निर्धारणमा प्राथमिकता दिने, कृषि विकासका लागि व्यावसायिक क्षेत्रको विकास गर्ने, उद्योगको व्यवस्थापन गर्ने, पर्यटन विकासमा जोड दिई उत्तरी र दक्षिणी धादिङलाई पर्यटकीय क्षेत्र बनाउने नारा लिएर चुनावमा होमिएको ती उम्मेदवारले बताएका छन् । 

सडक निर्माण गर्ने, पर्यटकीय क्षेत्रको विकास गर्ने, कृषिको आधुनिकीकरण गर्ने, औद्योगिक क्षेत्रको विकास गर्ने योजना सहित आफू चुनावमा होमिएको र आफूले काम गरेर देखाउने काँग्रेसका उम्मेदवार दिलमान पाख्रिनले राससलाई बताउनुभयो । 

बूढीगण्डकी परियोजना छिटो निर्माण गर्ने, पर्यटकीय क्षेत्रको विकासमा लाग्ने, भूकम्पपीडितका लागि सहयोग गरी तत्काल कार्यक्रम सञ्चालन गर्ने, कृषि उत्पादनलाई जोड दिएर कार्यक्रम अघि बढाउने, शिक्षा र स्वास्थ्यमा पहुँच बढाउने र सडकले नछोएको उत्तरको गाउँमा कलोपत्रे सडक पुर्याउने लक्ष्यसहित चुनावमा लागेको एमालेका उम्मेदवार खेम लोहनीले बताउनुभयो । सबै उम्मेदवार चुनावी अभियान लिएर गाउँगाउँमा पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते