१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी १ ‘क’ नमुना प्रदेश सभा हुन्छः नेता खनाल

२६ कार्तिक २०७४, आईतवार १२:१६

नवलपरासी संवाददाता | कार्तिक २६, परासी । नेपाली कांग्रेसका नेता एंव पुर्व सांसद बिक्रम खनालले नवलपरासी निर्वाचन क्षेत्र नं.१ को क लाई नमुना प्रदेश सभाको रुपमा बिकास गर्ने घोषणा गर्नु भएको छ । सोही प्रदेश सभाका उमेदवार समेत रह्नु भएका नेता खनालले सरावल गाउँपालिका वडा नं.५ को आयोजनामा आज भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

दोस्रो संविधान सभाको निर्वाचनमा नेकपा एमालेका सांसदका उमेदवारलाई भारी मतले पराजित गरि सांसद बन्नु भएका खनाल उक्त निर्वाचन क्षेत्रमा आफ्ना बिकासका कार्यक्रमले अत्यन्तै लोकप्रिय नेताको रुपमा परिचित हुनु भएको छ । बिस वर्षमा नभएका बिकास कार्यक्रमहरु आफुले ३ वर्ष ९ महिना गरेर जनता माझमा छर्लङ्ग गरेकाले जनताले कांग्रेसलाई जिताउन हतार रहेको उँहाले जिकिर गर्नुभयो । 


नवलपरासीको साविक निर्वाचन क्षेत्र नं.५ बाट बिजयी भएका खनालले बिकासका कार्यक्रम अन्तर्गत बर्षाैंदेखि जृण रहेका सडक सञ्जाललाई प्राथमिकता दिई अधिकांस सडकलाई पक्की र ग्रेभेलिङ्ग गराएको प्रति त्यस क्षेत्रका जनता अगामी निर्वाचन मार्फत बिकासलाई निरन्तरता पाउनमा आशाबादी समेत रहेको बताएका छन् । उँहाले यस प्रदेश सभाको हरेक सडक सञ्जाललाई पक्की गर्ने, शिक्षामा बिशेष जोड दिई लगानी गर्ने र थप बाह्य लगानीका लागि पहल गर्ने, किसानहरुलाई ब्यवसायीक बनाउने कार्यक्रम ल्याउने, युवा स्वरोजगारीका लागि सृजनात्तमक कार्यक्रम ल्याउने, ब्यवस्थीत बस्ती निर्माण गर्ने र यस क्षेत्रका बनजंग्ललाई संरक्षण गरि सौन्दर्यता बढाउने जस्ता कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गराई नमुना बस्ती बनाउनेमा उँहाले जाड दिनुभयो । 

आफ्नो कार्यकालमा सडक सञ्जालसँगै किसानको सुबिधाका लागि कम समयमा नेता खनालले सिँचाईको ब्यवस्था, डिप ट्युबेल लगायतको सुबिधा गरेकाले किसान मतदाताहरु झनै हर्षित रहेको पाईएको छ । साथै नेता खनालले सो क्षेत्रका लागि धार्मिक क्षेत्रका प्रर्वधन र संरक्षणका लागि विभिन्न मन्दिर र मस्जिदमा धेरै योगदान पुर्याएको सो क्षेत्रका मतदाताहरुको भनाई छ । बर्दघाट सुस्ता पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उमेदवारी दिनुभएका पुर्व सांसद देवकरण जैसवाल सहित यस प्रदेश सभामा बिकासलाई निरन्तरता र नमुना प्रदेश सभा बनाउनका लागि जनताले अफुलाई जिताउनुको बिकल्प नरहेको बताउनु भयो । 


कार्यक्रममा पुर्व सांसद जैसवालले निर्वाचित प्रतिनिधिहरु जनताको नोकर भएकाले जनताको समस्या समाधान गर्न कांग्रेस अग्रसर रहेको बताउनु भएको थियो । उँहाले आफुले बिकास निर्माणका बिभिन्न कार्यसँगै किसानको हकहितका लागि उँखु बालीलाई राष्ट्रिय बालीमा सुचिकृत गराएको र उँखुसहित अन्य बालीको उचित मुल्यका लागि सदैव पहल गर्दै आएकाले आफु किसानहरुको नोकर र नेता दुबै भएकाले यस क्षेत्रका मतदाताले आफुलाई रोज्नेमा बिश्वस्त रहेको बताउनु भयो । कार्यक्रममा कांग्रेसका नेताहरु अनिल गौंड, सुबाष गिरी, सुखाडी प्रसाद चौधरी, आलमगिर खान लगायतले यस क्षेत्रका विकासलाई फड्को मार्नलाई कांग्रेसलाई जिताउन अपरिहार्य रहेकोमा जोड दिनु भएको थियो । सो प्रदेश सभामा बर्दघाट नगरपालिका र सरावल गाउँपालिकाको वडा नं४ देखि ७ सम्मका वडाहरु रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो