२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्र हुम्लाले स्वतन्त्र उम्मेद्वारलाई सघाउने, यस्तो छ कारण

२०७४, २६ कार्तिक आईतवार १५:३५

रेशमराज रोकाया/कात्तिक २६, हुम्ला । हुम्लामा माओवादी केन्द्रले आफ्नो पार्टीको आधिकारिक उम्मेद्वारलाई भन्दा स्वतन्त्र उम्मेद्वारलाई सघाउने निर्णय गरेका छन् । 

जिल्लाको दक्षिणमा रहेको अदानचुली, ताँजाकोट र मध्य भागको सर्केगाड गाउँपालिकाको गाउँ कमिटीले स्वतन्त्र उम्मेद्वार छक्क बहादुर लामालाई सघाउने निर्णय गरेको छ । 

हिजो सार्वजनिक गरेको बक्तव्यमा सर्केगाड गाउँपालिकाका एकिकृत माओवादी केन्द्रका गाउँ कमिटी अध्यक्ष राजेन्द्र कार्की मिलनले बाम गठबन्धनको तर्फबाट नेकपा (एमाले) का प्रदेश नं. १ क का उम्मेद्वार दल रावल र स्वतन्त्र उम्मेद्वार छक्क बहादुर लामालाई सघाउने निर्णय गरेको जानकारी दिनु भयो ।

हुम्लामा एकिकृत माओवादी केन्द्रले टिकट वितरणमा अन्याय गरेको भन्दै माओवादी केन्द्रका पोलिटव्युरो सदस्य छक्क बहादुर लामाले स्वतन्त्र उम्मेद्वारकोे रुपमा मनोनयन गर्दा पार्टीका नेता तथा कार्यकर्ता कसलाई सघाउने भन्नेमा दोधारमा परेका थिए । 

उता पार्टीको टिकट पाएका माओवादी केन्द्रका जिल्ला संयोजक छिमी लामा आशाकर भने आधिकारिक उम्मेद्वार आफु भएकोले आफुलाई सघाउन भन्दै प्रचारमा लागेका छन् । 

दुवै पक्ष आफु आधिकारिक भएको भन्दै चुनावी प्रचारमा लागेका छन् । बाघि उम्मेद्वार दिएको भन्दै यस अघि नेकपा माओवादी केन्द्रले पार्टीको साधारण सदस्य नरहने गरी स्वतन्त्र उम्मेद्वार छक्क बहादुर लामालाई कारबाही गरिसकेको छ ।

किन भयो त असमझदारी ?

एकै पार्टीबाट बाघि उम्मेद्वार पार्टीमा अन्यौलता छाएको भन्दै यसलाई मिलाउनको लागि अर्का पोलिटव्युरो सदस्य तथा पुर्व सभासद कर्णजित बुढाथोकी र केन्द्रिय आयोजक समिति सदस्य डा. दिपेन्द्र रोकायाले प्रयास गर्दा टिकट पाएका छिमी लामाले स्वतन्त्र उम्मेद्वार छक्क बहादुर लामालाई सघाउने एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका थिए । 

त्यसको भोली पल्ट फेरी आफुले नै पार्टीको टिकट पाएको भन्दै दावी गरे पछि सहमति भँग भएको थियो । सहमती भँग भए पछि दुवै नेता आफ्नो ढंगले चुनावी प्रचारमा रहेका छन् । 

चुनावी प्रचारको क्रममा बाम गठबन्धनको अर्को घटक नेकपा (एमाले) लाई कुन पक्षलाई सहयोग गर्ने भन्ने अन्यौलता भएको नेकपा (एमाले) का अध्यक्ष दल रावलले बताउनु भयो । जिल्लामा बाम गठबन्धनमा आएको यस्तो समस्याको कारण बामगठबन्धनका कार्यकर्ता अन्यौलमा रहेका छन् । 

प्रचार प्रसारमा अधिकाँश जिल्ला देखी लिएर केन्द्रिय पदमा रहेका नेताले स्वतन्त्र उम्मेद्वार छक्क बहादुर लामालाई सघाउने निर्णय गरेको पोलिटव्युरो सदस्य कर्णजित बुढाथोकीले बताउनु भयो । उहाँका अनुसार जनप्रिय प्रतिनिधी सभाका लागि स्वतन्त्र उम्मेद्वार छक्क बहादुर लामा भएको र छिमी लामाले स्वतन्त्र उम्मेद्वारलाई सघाउने सार्वजनिक गरीसकेको हुनाले उहाँलाई सहयोग गर्नु पर्ने बताउँदै आएका छन् । 

आउने मंसिर १० मा हुन लागेको प्रदेश तथा संघको चुनावमा नेपाली काँग्रेसको तर्फबाट मंगल बहादुर शाही, माओवादी केन्द्रको तर्फबाट छिमी लामा र स्वतन्त्र उम्मेद्वार छक्क बहादुर लामाको विचमा कडा प्रतिष्पर्धा हुने यहाँका मतदाताको भनाई रहेको छ । 

त्यसै गरी प्रदेशमा नेपाली काँग्रेसबाट केन्द्र १ ख बाट पूर्व मन्त्री जीवन बहादुर शाही र माओवादी केन्द्रको तर्फबाट विजय भण्डारी प्रतिरोध विच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन