२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रसुवामा वाम-लोकतान्त्रिक शक्तिको टक्कर, कसले मार्ला बाजी ?

२०७४, २७ कार्तिक सोमबार ०४:०६

कात्तिक २७, रसुवा । निर्वाचनको महौल नजिक आउँदै गर्दा रसुवामा वाम तथा लेकतान्त्रिक गठबन्धनका उम्मेदवार बीच निकै टक्कर पर्ने देखिन्छ । 

दुवै पक्षले आफ्नो जित सुनिश्चित भएको दावी गर्दै नेता , कार्यकर्ता र उम्मेदवार सहित गाउँ गाउँमा भोट माग्ने अभियानमा छन् भने सभा गरेर शक्ति प्रर्दशन पनि गरिरहेका छन् ।

केरुङ नाकाको कारण सधैं चर्चामा आइरहने रसुवा जिल्लामा यो पटकको निर्वाचन विगतको भन्दा कडा प्रतिष्पर्धा हुने देखिएको छ । वाम गठबन्धनबाट एमालेका जनार्दन ढकाल र लोकतान्त्रिक गठबन्धनबाट कांगे्रसका मोहन आचार्य चनावी मैदानमा छन् ।


वाम गठबन्धनबाट प्रदेश क मा एमालेका कन्र्याल लामा र पदेश ख मा माओवादी केन्दका इन्द्र गोतामे ‘जगतजंग’ उम्मेदवार र छन् । लोकतान्त्रिकबाट प्रदेश क मा कांग्रेसका प्रभात लामा र प्रदेश ख नयाँ शक्तिका पे्रमबहादर तामाङ उम्मेदवार छन् । स्थानीय तहमा प्राप्त मतको आधारमा देशका अधिकांश निर्वाचन क्षेत्रमा वाम गठबन्धन अगाडी देखिएको छ । तर, लोकतान्त्रिक गठबन्धन अगाडी भएको थोरै निर्वाचन क्षेत्रमा रसुवा पनि पर्छ । 

एकमात्र निर्वाचन क्षेत्र रहेको रसुवाको पाँच  गाउँपालिको निर्वाचमा चारपार्टी(एमाले, नयाँशक्ति, कांग्रेस र माओवादी)ले प्राप्त गरेको मतको आधारमा लोकतान्त्रिक गठबन्धन अगाडी रहेको छ । स्थानीय तह निर्वाचनमा एमालेको ७ हजार १ सय ३९, नेपाली कांगे्रसको ७ हजार १ सय ३०, नयाँ शक्ति पार्टीको ४ हजार ५५ र नेकपा माओवादी केन्दको २ हजार ५  सय ८ मत पाएका थिए । यसलाई आधार मान्दा लोकतान्त्रिक गठबन्धन बाम भन्दा १५ सय ३६ मतले अघि रहेको छ । स्थानीय तह पम्रखमा २ वटामा एमाले, २ वटामा कांग्रेस र एउटामा नयाँ र शक्ति विजयी भएकोमा उपपम्रख भने सबै एमाले जित्न सफल भएको रसुवामा कांग्रेस र नयाँ शक्ति मिलेपछि एमाले र माओवादी गठबन्धन  कमजोर भएको हो । 

पहिलो चरणको वैशाख ३१ को स्थानीय तह निर्वाचनमा एक गाउँपालिकाको पम्रख जितेर रसुवाले नयाँ शक्तिको नाक राख्न सफल भएको थियो । यसकारण पनि रसुवाका नयाँशक्तिको रामै प्रभाव रहेकोमा अहिले धेरै कार्यकर्ता वाम गठबन्धन तिर लागेकाले कमजोर देखिन्छ । 

ढकाल र आचार्य दुबै निर्माण व्यवसायी हुन् । २०७० सालको निर्वाचनमा एमालेबाट ढकाल माओवादीका उम्मेदवार प्रेमबहादुर तामाङलाई झिनोमतले पराजित गर्न सफल भएका थिए । ६४ मा माओवादीबाट विजयी, ७० मा पराजित तामाङ अहिले नयाँ शक्तिमा छन् । र, उनी लोकतान्त्रिक गठबन्धनबाट पदेशतर्फ उम्मेदवार छन् ।

एमालेका ढकालले भूकम्प पीडितको निजी आवास निर्माणमा सहयोग गर्ने र विस्थापितलाई स्थापित गराउन, रसुवागढी नाकालाई व्यवस्थित गर्ने र गल्छी केरुङ सडकको स्तरोन्नतीलाई मुख्या चुनावी मुद्धा बनाएका छन् भने आचार्यले रसवाको भइरहेको नीतिगत र संस्थागत भ्रष्टाचार अन्त्य गर्ने, राज्य प्रशासनमा सबैको पहुँच विस्तार गर्ने लगायत रहेको छ ।

‘रसवाको समृद्धिको लागि ल्याएको योजना पुरा नभएकोले त्यसलाई पुरा गराउन फेरि उम्मेदवार भएको हँु’ उम्मेदवार  ढकालले भने । उनले वामगठबन्धनको कारण निर्वाचनमा जित हासिल हुनेमा विस्वस्त रहेको बताउँछन् । उनले रसुवाको समृद्धिका लागि बाँकी कार्यभार पनि पूरा गर्न आफु लागेको बताएका छन् । 


यता, आचार्य पनि लोकतान्त्रिक गठबन्धन रसुवामा बलियो रहेको कारण चनौती नरहेको र  विपक्षीको भ्रमलाई चिरेर शान्तिपूर्ण रुपमा  निर्वाचन सम्पन्न गराई विजयी हनेमा ढुक्क रहेको बताउँछन् ।

‘नयाँ शक्ति र कांग्रेसबीचको गठबन्धनको सन्देश स्थानीयस्तरको कार्यकर्तासम्म पगेको छ एकसाथ चुनावी अभियानमा सक्रिय छन्’  उनले ‘गठबन्धनको मत अन्त जादैन । हामीले जनताको मन जित्न सफल हुन्छौं ।’  ७० को निर्वाचनमा ढकालले रसुवाको दक्षिण क्षेत्र(बाहनक्षेत्री बहुल)को कांग्रेसका मत समेत लिएर जितेको भनिन्छ ।

रसुवा कांग्रेसका केही दक्षिण क्षेत्रका केही नेतालाई पार्टीलाई असहयोग गरेको भनि कारवाही गर्न समेत सिफारिस गरेको थियो । तर, अहिले ढकाल र आचार्य दुवै जिल्लाको दक्षिण क्षेत्रकै वासिन्दा भएकोले कांगे्रसको मत यस पटक एमालेमा कमै जाने भएको कारण पनि दुवै गठबन्धन कमजोर नरहेको राजनीतिक कार्यकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन