२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियालाई बाढीबाट पूर्ण सुरक्षित बनाउँछौ: गौतम

२०७४, २७ कार्तिक सोमबार ०८:३२

कात्तिक २७, बर्दिया । बर्दियालाई बबई नदीबाट पूर्ण सुरक्षित बनाउने वाम गठबन्धन बर्दिया क्षेत्र नं १ का उम्मेदवार वामदेव गौतम, क्षेत्र नं १ ‘ख’ का उम्मेदवार तिलक शर्मा (हिमाल) ले संयुक्तरुपमा उद्घोष गर्नुभएको छ । 

बर्दियाको गुलरिया नगरपालिका–५ बालापुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँहरुले यो कुरा उद्घोषण गर्नुभएको हो । वाम गठबन्धनको सरकार गठन पश्चात सम्पूर्ण बाढीपीडितलाई तीन महिनाभित्रमा राहत वितरण, पाँच वर्षभित्रमा बबई नदी नियन्त्रण गर्ने र जग्गा कटान भएका पीडितलाई दुई वर्षभित्रमा व्यवस्था गर्ने बचनबद्धता गर्नुभएको छ । 

नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका बामदेव गौतमले बाम गठबन्धनको सरकार बनेमा १० वर्षभित्रमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने बताउनुभएको थियो भने तिलक शर्माले कृषि क्षेत्रलाई आधुनिकिकरण गर्न बर्दिया जिल्लाका सबै क्षेत्रमा नहर बनाइ सिँचाइयुक्त बर्दिया बनाउने बताउनुभयो । 

‘गाउँदेखि केन्द्रसम्म वामपन्थीको सरकार, स्वच्छ, शान्त र समृद्ध नेपाल हाम्रो सरोकार’ भन्ने नारासहित भएको सभामा सहभागीले वाम गठबन्धनलाई सहयोग गरी विजयी गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो