१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियालाई बाढीबाट पूर्ण सुरक्षित बनाउँछौ: गौतम

२७ कार्तिक २०७४, सोमबार ०८:३२

कात्तिक २७, बर्दिया । बर्दियालाई बबई नदीबाट पूर्ण सुरक्षित बनाउने वाम गठबन्धन बर्दिया क्षेत्र नं १ का उम्मेदवार वामदेव गौतम, क्षेत्र नं १ ‘ख’ का उम्मेदवार तिलक शर्मा (हिमाल) ले संयुक्तरुपमा उद्घोष गर्नुभएको छ । 

बर्दियाको गुलरिया नगरपालिका–५ बालापुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँहरुले यो कुरा उद्घोषण गर्नुभएको हो । वाम गठबन्धनको सरकार गठन पश्चात सम्पूर्ण बाढीपीडितलाई तीन महिनाभित्रमा राहत वितरण, पाँच वर्षभित्रमा बबई नदी नियन्त्रण गर्ने र जग्गा कटान भएका पीडितलाई दुई वर्षभित्रमा व्यवस्था गर्ने बचनबद्धता गर्नुभएको छ । 

नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका बामदेव गौतमले बाम गठबन्धनको सरकार बनेमा १० वर्षभित्रमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने बताउनुभएको थियो भने तिलक शर्माले कृषि क्षेत्रलाई आधुनिकिकरण गर्न बर्दिया जिल्लाका सबै क्षेत्रमा नहर बनाइ सिँचाइयुक्त बर्दिया बनाउने बताउनुभयो । 

‘गाउँदेखि केन्द्रसम्म वामपन्थीको सरकार, स्वच्छ, शान्त र समृद्ध नेपाल हाम्रो सरोकार’ भन्ने नारासहित भएको सभामा सहभागीले वाम गठबन्धनलाई सहयोग गरी विजयी गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो