१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्युनिष्टकै बलले संविधान जारी भएको हो: पोखरेल

२७ कार्तिक २०७४, सोमबार ०९:५९

कात्तिक २७, काठमाडौँ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले अहिलेको संविधान लेख्ने र जारी गर्ने विषयमा अगुवाई गर्ने कम्युनिष्ट नै भएको बताउनुभएको छ । 

पार्टीको काठमाडौँ महानगरपालिका–४ वडा कमिटीले आयोजना गरेको चुनावी कार्यक्रममा उहाँले काँग्रेसलगायत केही पक्षले संविधान जारी गर्नका लागि खुट्टा कमाएको अवस्थामा कम्युनिष्टकै बलले संविधान जारी भएको बताउनुभयो । 

काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहनुभएका पोखरेलले मुलुकमा भएका विभिन्न राजनीतिक परिवर्तन र जनतालाई अधिकारसम्पन्न बनाउने विषयमा कम्युनिष्टको महत्वपूर्ण भूमिका रहेको विचार व्यक्त गर्नुभयो । 

आफू त्यस क्षेत्रको पूर्वाधार निर्माण तथा स्थानीय विकासका लागि सदैव प्रतिवद्ध रहेको बताउँदै उहाँले भन्नुभयो– “जनताले यहाँ मलाई चिन्न कुनै समस्या छैन, हार्दा पनि यहाँका जनताको साथमा छु । विकास निर्माणका हरेक काममा साथ दिएको छु ।” 

विगतमा कहिले जित र कहिले हारभएको भएपनि यसपटक आफ्नो जित सुनिश्चित भएको बताउँदै उहाँले भन्नुभयो, ‘म कहीँ कतैबाट पोखिएर उम्मेदवार बनेको होइन । यस क्षेत्रमा सामाजिक सम्बन्ध स्थापित गरेको छु । यो पटक जित सुनिश्चत छ ।”  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो