२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्युनिष्टकै बलले संविधान जारी भएको हो: पोखरेल

२०७४, २७ कार्तिक सोमबार ०९:५९

कात्तिक २७, काठमाडौँ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले अहिलेको संविधान लेख्ने र जारी गर्ने विषयमा अगुवाई गर्ने कम्युनिष्ट नै भएको बताउनुभएको छ । 

पार्टीको काठमाडौँ महानगरपालिका–४ वडा कमिटीले आयोजना गरेको चुनावी कार्यक्रममा उहाँले काँग्रेसलगायत केही पक्षले संविधान जारी गर्नका लागि खुट्टा कमाएको अवस्थामा कम्युनिष्टकै बलले संविधान जारी भएको बताउनुभयो । 

काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहनुभएका पोखरेलले मुलुकमा भएका विभिन्न राजनीतिक परिवर्तन र जनतालाई अधिकारसम्पन्न बनाउने विषयमा कम्युनिष्टको महत्वपूर्ण भूमिका रहेको विचार व्यक्त गर्नुभयो । 

आफू त्यस क्षेत्रको पूर्वाधार निर्माण तथा स्थानीय विकासका लागि सदैव प्रतिवद्ध रहेको बताउँदै उहाँले भन्नुभयो– “जनताले यहाँ मलाई चिन्न कुनै समस्या छैन, हार्दा पनि यहाँका जनताको साथमा छु । विकास निर्माणका हरेक काममा साथ दिएको छु ।” 

विगतमा कहिले जित र कहिले हारभएको भएपनि यसपटक आफ्नो जित सुनिश्चित भएको बताउँदै उहाँले भन्नुभयो, ‘म कहीँ कतैबाट पोखिएर उम्मेदवार बनेको होइन । यस क्षेत्रमा सामाजिक सम्बन्ध स्थापित गरेको छु । यो पटक जित सुनिश्चत छ ।”  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन