२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

आश्वासन र भाषणले मात्र विकास सम्भव छैनः चन्द्र भण्डारी

२०७४, २८ कार्तिक मंगलवार ०२:२०

प्रेम सुनार/कात्तिक २८, गुल्मी । काँग्रेस नेता एवं गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार चन्द्र भण्डारीले अव यहाँका जनतालाई आश्वासन र भाषण भन्दा पनि बिकास चाहिएको धारणा व्यक्त गरेका छन् ।  

उनका प्रतिस्पर्धी एमाले नेता प्रदीप ज्ञवालीले बाम एकताले मात्र देशले निकास नपाउँने उनको धारण छ । उनले  माओवादी केन्द्रका नेता तथा अर्घाखाँचीका प्रतिनीधी सभा उमेदवार टोपबहादुर रायमाझीले आफु विरुद्ध त्यस्तो कुरा बोल्नै नसक्ने ठोकुवा गर्दै आज विभिन्न सञ्चार माध्यमा उनि विरुद्ध आएको समाचारको टोलिफोन गरी खण्डठन गरेका छन् ।

आइतबार गुल्मी आएका नेता रायमाझीले सार्वाजानिक कार्यक्रममा वोल्दै सालझण्डी फास्ट्याक चन्द्र भण्डारीले नभई गुल्मीमा ल्याउन एमाले नेता प्रदिप ज्ञवाली र माओवादी  केन्द्रका नेता सुदर्शन वरालको दवावमा आफु मन्त्री हुँदा उक्त योजना पारेको बताएका थिए । 

उनले वोलेको उक्त भिडियो समेत जस्ताको त्यस्तै सामाजिक सञ्जालमा भाईरल भएको छ । नेता भण्डारीले भने उक्त कुरा स्वीकार गरेका छैनन् । वामपन्थीहरुको विभिन्न आरोप र हल्लाका वावजुद पनि नेपाली काँग्रेस गुल्मी क्षेत्र १ को चुनावी अभियान दिनप्रतिदन उत्साहपुर्ण बन्दै गएको नेपाली काँग्रेस गुल्मी क्षेत्र १ को प्रचारप्रसार समितिका संयोजक तथा पुर्वसांसद डा.कृष्णबहादुर छन्तेलले जानकारी दिए ।            


गुल्मीको क्षेत्र  १ अन्र्तगतको प्रदेश क का प्रदेशसभासदस्यका उम्मेदवार पृथबहादुर फौजदारले, नेपाली काँग्रेसले मुलुकमा भएका हरेक परिवर्तन र जनताका हरेक समस्याको समाधानका काम गरिरहेको बताउँदै, नेपालका हरेक परिवर्तनको नेतृत्व गर्ने काँग्रेसले नजिते सम्म संविधान कार्यान्वयन र मुलुकको समग्र बिकास सम्भव नहुने बताए । प्रदेश नम्वर २ का उमेदवार धनेन्द्र कार्की पनि जनताको उत्साह संगै आफु पनि उत्साहित भएको बताए । 

नेपाली काँग्रेस गुल्मीका उपसभापति तथा युवा नेता बिष्णु वलालले, नेपाली काँग्रेसलाई नजिताए सम्म देशले निकास पाउँन नसक्ने धारणा व्यक्त गरे । 

कार्यक्रममा पुर्व सांसद कृष्ण छन्तेल, चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्री, नेपाली काँग्रेसका युवा नेता महाधिवेशन प्रतिनिधि जगदीश भट्टराई, नेपाल बिद्यार्थी संघ गुल्मीका कार्यवाहक सभापति झविन्द्र पाण्डे नेपाली काँग्रेसलाई बिजयी नबनाएर सम्म लोकतन्त्र संस्थागत हुन नसक्ने धारणा राखेका थिए । यस क्षेत्रको चुवानी अभियान दिन प्रतिदिन तात्दै गएको गुल्मी क्षेत्र १ का सभापति पारिश्वर ढकाल बताउँछन् । 

ढकाल भन्छन्, यो क्षेत्रमा अरुपार्टीको तुलनामा नेपाली काँग्रेसको चुनावी अभियान तिव्र बन्दै गएको छ, । क्षेत्र १ अन्र्तगतको चन्द्रकोटको तुराड्ड,शान्तिपुर, विसुखर्क,हरेवा,वलिवाड्ड,हर्राचौर,ग्वाघा,आयोजित चुनावीसभामा वोल्दै, नेता ठुलो भएर मात्रै पुग्दैन,जनताका समस्या बुझ्न सक्ने खालको व्यक्तिलाई चुन्नुपर्ने वेला आएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए