२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन विरोधी घटना नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

२९ कार्तिक २०७४, बुधबार ११:१९

कात्तिक २९, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन विरोधी गतिविधि नियन्त्रण गरी स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गराउने वातावरण मिलाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७४ को विषयमा गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको ७ नं प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले केही जिल्लामा निर्वाचन प्रक्रियालाई असर पु¥याउने खालका उम्मेदवार लक्षित क्रियाकलाप बढेको जानकारी आएकाले निर्वाचनका लागि बनेको सुरक्षा योजनामा कहाँनिर त्रुटि रह्यो भन्नेतर्फ सजक भई समन्वयात्मक ढंगले काम गर्न पनि निर्देशन दिए । 


गृह मन्त्रालयको समेत कार्यभार समाल्नुभएका प्रधानमन्त्री देउवाले उम्मेदवारहरुमाथि भएको आक्रमणका घटनाको सूक्ष्म रुपमा अध्ययन गरी आक्रमणकारी माथि कारबाही गर्न र यस्ता घटना दोहोरिन नदिने गरी काम गर्नुपर्ने बताए । उनले भने, “तोकिएको समयमा निर्वाचनलाई शन्तिपूर्ण भयरहित निष्पक्ष वातारवरणमा गराउनु सरोकारवाला हामी सबैको प्रमुख कर्तव्य र जिम्मेवारी हो ।” 

आगामी दिनमा निर्वाचनको सुरक्षामा खतरा पु¥याउन सक्ने सम्भावित पक्षका गतिविधिको नियन्त्रण, निगरानी, अस्वस्थ्य प्रतिस्पर्धा, जबर्जस्ती चंदा संकलन, धम्कीजस्ता गविविधलाई नियन्त्रण गर्न निर्देशन दिदैं प्रधानमन्त्री देउवाले भौगोलिक विकटता, संरचनाको अभाव, निर्वाचनमा हुने मानवीय त्रुटिजस्ता चुनौतीका बाबजुद चुनावका लागि आवश्यक वातावरण बनाउन सम्बन्धित सबै पक्षसंग आग्रह गरे । 

गोष्ठीमा गृह मन्त्रालयका सचिव कृष्णप्रसाद सापकोटाले निर्वाचन सुरक्षामा मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताए । गोष्ठीमा ७ नं प्रदेशका सबै नौ जिल्लाका प्रमुख जिल्ला अधिकारीका साथै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुखको सहभागिता रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान