२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘चुनावमा सहयोग गर्नुस्, तपाईंहरुको दुःखमा म छु’: थापा

२९ कार्तिक २०७४, बुधबार १३:५८

कात्तिक २९, मकवानपुर । राप्रपा अध्यक्ष एबं उपप्रधानमन्त्री कमल थापा आफ्नो चुनावी क्षेत्र मकवानपुर  १ को गाउँ पुगेका छन् । 

नेपाली काङ्ग्रेस र राप्रपाका नेता कार्यकर्ता सहित गाउँ पुगेका थापाले आज बकैया गाउँ पालिकाको विभिन्न ५ स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन् । बकैया गाउँ पालिकाको भिरकोट, जुरेली, श्रीपुर, जुईना र माटोकुरिमा आज आयोजित चुनावी सभालाई थापाले सम्बोधन गरे । 

सभालाई भावुक सम्बोधन गर्दै उनले भने-“ मकवानपुरे जनताको सुखदुःखमा सङ्गै जोडिन चाहन्छु,राजनितिक जिबनको उत्तरार्धमा छु,मकवानपुरे जनताको सहयोग र बिश्वासको अपेक्षा गरेको छु“। 


बिहानै हेटौंडा ६ को आफ्नो निवासबाट निस्केका थापाले आफ्ना कार्यकर्ता र नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता सङ्गै गाउमै खाना खायका छन् । मकवानपुरको बिकास र मकवानपुरे जनताको खुशी नै आफ्नो मुख्य लक्ष्य भएको भन्दै थापाले सबै मिलेर जिल्लाको बिकास गर्नुपर्नेमा जोड दिए । 

मुलुक जोगाउन र बनाउन लोकतान्त्रिक गठबन्धनले जित्नुपर्ने उनको दाबी थियो । थापाले पुराना बुढापाका मान्छेहरुसङ्ग  भेट्दा स्वास्थ अबस्था बारे सोधे भने युबाहरु सङ्ग हात मिलाय, धाप मारे । युबाहरुलाई थापाले भने “भाईहरु कस्सिएर लाग्नुस, भाईहरुको लागि म छु “।

मकवानपुर -१ “क“ प्रदेश उम्मेदवार धर्म लामिछाने, काङ्ग्रेस नेताहरु माईकल रामचन्द्र अर्याल, रिता खनाल लगायतले बोल्दै लोकतान्त्रिक गठबन्धनले मात्र मुलुकलाई निकास दिने ठोकुवा गरे । राप्रपाका नेताहरु गणेश थापा, प्रेम श्रेष्ठ, नबराज बिष्ट, राजाराम बर्तौला थापा सङ्गै चुनावी दौडाहामा छन् । कार्यकर्ताहरुले गाउँमा थापाको घडा र फुलमालाले स्वागत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य