१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘तपाईलाई माया गर्ने हामी माओवादीले मात्र हो’ (भिडियो सहित)

२९ कार्तिक २०७४, बुधबार १८:०६

कात्तिक २९ , काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी छाडेर माओवादीमा आउन डा. बाबुराम भट्टराईलाई आग्रह गरेका छन् ।

बुधबार श्रेष्ठलाई भोट माग्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लिएर प्रचण्ड गोरखाको भच्चेक पुगेका प्रचण्डले बाबुरामलाई उम्मदेवारी फिर्ता लिन आग्रह गरेका हुन् ।

प्रचण्डको भाषण जस्ताको तस्तै: 

म भर्खरै चितवनबाट आएँ, बिहान ११ बजेसम्म भरतपुरमा थिएँ । नयाँ शक्तिमा गएका धेरै साथीहरु र्फकने क्रम छ । देवेन्द्र पौडेलको नेतृत्वमा करिव-करिव सबै माओवादी फर्किए भन्दा पनि हुन्छ । आज बिहान मात्रै चितवनमा नयाँ शक्तिका बाँकी तीन दर्जन साथीहरुलाई टीको लगाएँ । उहाँहरुले भन्नुभो, सकियो नयाँ शक्ति ।

मलाई गोरखाली दिदीबहिनी दाजदाइका अगाडि उभिएर बाबुरामजीको कुरा गर्दा बडो नमीठो लाग्छ । अति भावुक पनि भएर पनि आउँछु । मैले २५ वर्षदेखि बाबुरामजीलाई बचाउँदै बचाउँदै, जोगाउँदै जोगाउँदै ल्याएको थिएँ । धेरै ठूलो दुःख गरेर जोगाएको हो बाबुरामलाई ।

तर,पछिल्लो चरणमा बाबुरामलाई जोगाउन सकिएन, उहाँ फुत्किुनभयो । कहाँ जानुभयो कहाँ जानुभयो ? कम्युनिष्ट आन्दोलन छाडेर जानुभयो, विचार छोडेर जानुभयो, नैतिकता छोडेर जानु भयो । मलाई अहिले पनि उहाँको माया लाग्छ ।

म यो मञ्चबाट बाबुरामजीलाई भन्न चाहन्छु, खुरुक्क माओवादीमा फर्किनुस्, तपाईको भलो त्यसैमा छ । दायाँबायाँ गर्नुभयो भने घर न घाटको बन्नुहुन्छ ।

मलाई बढो पीर परेको छ । म अहिले पनि भन्छु, उम्मेदवारी छोड्दिनुस् । माओवादी, आन्दोलन, प्रचण्ड छोडेर गल्ती गरेँ भनेर आउनुस्, तपाईलाई स्वागत गर्न तयार छु । आउनुस्, उम्मेदवार छोडर आउनुस्, तपाईले जित्नु पनि हुन्न । तपाईलाई कांग्रेसले ठाउँ पनि दिन्न ।

तपाईलाई माया गर्ने हामी माओवादीले मात्र हो । अघि केपी ओलीजीले तल कता रछ्यानमा हुन्छ तपाईको ठाउँ भन्नुभयो । मलाई पनि लाग्छ कि कांग्रेसमै गए पनि तपाईलाई ठूलो नेता मान्दैनन् । अवसरवादी, विचार नभएको, विचलनमा परेको, बुद्धि नभएको भन्नेवाला छन् ।

मैले उहाँलाई भनेको पनि छु, तपाईले पढ्नुचाँहि भयो, ज्ञान हासिल गर्नुभयो । तर, कहाँ प्रयोग गर्ने बुद्धि भएन । ज्ञान भएको, बुद्धि नभएको मान्छे भन्ने गरेको छु मैले बाबुरामजीलाई ।

तपाईको पतन भएको मलाई रमाइलो लागेको छैन । हामी जनयुद्धमा सँगै हिड्यौं, शान्ति सम्झौता गर्‍यौं । अस्ति नारायणकाजी कमरेड र मेरो सल्लाह भएको थियो, उहाँ आउनुभयो भने २ नम्बरमा बाबुरामलाई दिनुपर्छ । बरु नारायणकाजी कमरेडलाई अर्को क्षेत्र खोजौंला । तर, उहाँको बुद्धि त पुगेन । कांग्रेससँग गठबन्धन गर्न पुग्नुभयो ।

बाबुरामजी घर न घाटको भएको रमाइलो लागेको छैन । म फेरि एक पटक भन्न चाहन्छु, यो नौटंकी गर्न छोडिदिनुस् । दुनियाँका अगााडि किन नाटक गर्नुहुन्छ ? देशभरि त हास्य पात्र भइसक्नुभएको छ । नयाँ शक्ति बनाएर के के न गर्छु, दिल्लीको जस्तो केजरीवाल हुन्छ भन्ने ठान्नुभएको थियो । नेपाल दिल्ली होइन, गोरखा दिल्ली होइन, तपाई केजरीवाल पनि होइन । यो हुनै नसक्ने कुरातिर तपाई किन लाग्नुभयो ? मेरो पुरानो सहयोद्धा यति धेरै पर किन गएको होला भन्ने मलाई चिन्ता छ ।

माओवादी पार्टीको यहाँ जबरजस्त संगठन छ । गोरखाली जनता २/४ पैसामा बिक्ने वाला पनि छैनन् । यदि तपाईलाई २/४ पैसा जम्मा गरेको छु, बाँड्छु र जित्छु भन्ने लागेको छ भने यो भ्रम हो । त्यो सपनाबाट ब्यूँझिनुस्, त्यसैमा तपाईको कल्याण छ । उम्मेदवारी छाडेर माओवादीमा आउनुभयो भने कसरी सम्बोधन गर्नुपर्छ हामीलाई थाहा छ ।

तर, यदि त्यसका लागि तपाई तयार हुनुभन्न भने भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिन्नँ भनेजस्तै तपाईको स्थिति हुनेछ हेर्दै जानुहोला । मेरो पुरानो मित्र हुनाले अझै सहानुभूति छ, आउनुस्, सँगै मिलेर काम गरौं । होइन भने त्यसको परिणाम कांग्रेसमा गएर पनि सुख पाउनुहुन्न ।

भिडियो हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो